विश्व जल दिवसको अबसरमा शनिबार लमजुङमा साइकल ¥याली आयोजना गरिएको छ । लमजुङ जेसीस–२०२५ को आयोजनामा साइकल र्याली आयोजना गरिएको हो ।
सभामुख देवराज घिमिरेले बाल शिक्षालाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा समावेश गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँको राष्ट्रिय मन्टेश्वरी तालिम केन्द्रको २५ औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
शनिबाददेखि दुई दिने विपद् पूर्व सूचना अभिवृद्धि तामिलको आयोजना गरिएको हो। महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाको आयोजना तथा विभिन्न १४ गैरसरकारी संघ संस्थाको सहयोगमा दुई दिने पूर्व सूचना क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको हो।
सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ भन्नुभएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूको १३ औँ साधारण सभाको अवसरमा प्रदान गरिने बाबुराजा फोटोपत्रकारिता पुरस्कार–२०८१बाट सम्मानित हुनुभएको हो। यो पुरस्कार हरेक वर्ष नेपाल भाषा पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारलाई प्रदान गरिन्छ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने ६० वर्षीया आमा ईश्वरी देवी चौधरी अहिले चिन्तामा हुनुहुन्छ । उहाँका २३ वर्षीय छोरा प्रवीण आश्रमबाट बेपत्ता भएपछि एकल महिला चौधरी अहिले चिन्तामा पर्नुभएको हो ।
एएफसी एसिएन कप–२०२७ छनोट खेल खेल्न नेपाली फुटबल टोली शनिबार मलेसिाय पुगेको छ ।
सर्लाहीको बागमती नगरपालिका–८ शंकरपुरस्थित हावाहुरीसहित शनिबार बिहान परेको असिना पानीले क्षति पुर्याएको मकै खेत।
नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
पाँचथरमा आयोजित निःशुल्क हाडजोर्नी शिविर सुरु भएको चार दिनमा ८७ जनाका शरीरबाट रड र स्टिल झिकिएको छ।
नवजीवन सहकारी संस्था लिमिटेडले कैलालीमा एक करोड ५६ लाख रुपियाँ खर्चेर राइस मिल सञ्चालनमा ल्याएको छ।
दक्षिण कोरिया र चीनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नु साझा जिम्मेवारी भएको तीन देशका शीर्ष कूटनीतिज्ञको बैठकमा शनिबार सहमति भएको छ ।
झापामा एक महिलाको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै निधन भएको छ। शुक्रबार साँझ दमकबाट विर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको हो ।
महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका –४ बस्ने श्रवण यादवको १० वर्षिय छोरा आलोक यादव रहेको प्रहरीले जनाएको छ ।
मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताउनुभएको छ ।