दोलखामा रहेका अधिकांंश पुस्तकालय बन्द भएका छन् । शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाको अभिलेखमा भेटिएका नौ वटामध्ये छ वटा बन्द भइसकेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
नेपालको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिर । मन्दिरमा शनिबार पूजाका लागि पुगेका भक्तजनहरु । मन्दिरमा पूजाआजा गरेमा आँटेको पूरा हुने विश्वास छ । तस्बिरः अर्जुन कार्की
बोलेरोबाट ओर्लेर अगाडि जानेबित्तिकै ल्होमन्थाङ बजारको बाहिरी भागमा पुग्यौँ हामी ।
बसाइँ उपन्यास पढेको ठ्याक्कै २६/२७ वर्ष जति भएछ । आइए पढ्दा २०४९/५० सालतिरको कुरा हो ।
काठमाडौँ उपत्यकाका सङ्गीत, नृत्यहरू लिच्छविकालमा विकास भएका र मल्लकालमा व्यापकता पाएको देखिन्छ ।
दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरका २२ वर्षीय विवेक सुवेदीको मृत्यु भएको हो ।
मध्यकालका चार नेवार राज्यहरूमा एक थियो, दोलखा । राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार (नेपाल संवत्, यसको गरिमामय इतिहास र वर्तमान अवस्था), “तत्कालीन कान्तिपुर, ललितपुर, भक्तपुर र दोलखा विभिन्न कालखण्डमा अस्तित्वमा आए र यसको सङ्घीय स्वरूप नेपाल मण्डल थियो ।”
कर्णाली प्रदेश भित्रिने सबै गाडी अब प्रदेश सरकारले स्वचालित रूपमा निगरानी गर्ने भएको छ । शुक्रबार कर्णाली प्रदेश भित्रिने नाका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५, बबईमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डिजिटल प्रविधिमा आधारित स्वचालित नम्बर प्लेट पहिचान गर्ने प्रविधि (डिजिटल चेक प्वाइन्ट) जडान गरेपछि प्रदेशमा भित्रिने सबै गाडीको निगरानी हुने भएको हो ।
स्थानीय सरकारलाई जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नेसम्मको अधिकार छ तर कालीकोटका प्रायः स्थानीय तहका कतिपय बस्तीका नागरिक उच्च जोखिममा हुँदा पनि बस्ती सारी बचाउन कुनै पहल गरेका छैनन् ।
पर्यावरणमैत्री संरचनाको अभावमा भँगेराको सङ्ख्या तीव्र रूपमा घटिरहेको बताइएको छ । घर वरिपरि सजिलै पाइने भँगेरा पछिल्लो समय घट्दै गएको चरा संरक्षणकर्मीले बताएका हुन् । विगतमा धेरै पाइने भँगेरा अचेल अन्य प्रजातिका चराको तुलनामा तीव्र रूपमा कम भइरहेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो ।
कैलालीको घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकलाई २४ घण्टाभित्र ठाउँ छोड्न जिल्ला प्रहरी कार्यालय कैलालीले निर्देशन दिइएको छ ।
ताप्लेजुङको फुलबारीमा एक घरमा आगलागी हुँदा दुई लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका –२, फुलबारी चोकपुरस्थित स्थानीय अम्बर सेन्दाङको घरमा शुक्रबार आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।
बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव सुरु भएको छ ।
मतपत्र त्रुटिका कारण रोकिएको पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आइतबार हुने भएको छ ।