• १० चैत २०८१, आइतबार

मोटरसाइकल ठोक्किएर एकको मृत्यु

blog

गोकर्ण पौडेल 

तुलसीपुर, चैत ९ गते । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरका २२ वर्षीय विवेक सुवेदीको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । घोराहीबाट तुलसीपुरतर्फ पत्रिका ल्याउनेक्रममा सुवेदी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार घोराही–तुलसीपुर सडक खण्डको गुज्रेखोला नजिकै शनिबार बिहान पौने ५ बजेतिर दुई मोटरसाइकल ठोक्किएका थिए ।  

घोराहीबाट तुलसीपुरतर्फ आउदैगरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदैगरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी निरीक्षक रोकायाले बताउनुभयो  ।

दुर्घटनामा परी रा २ प ६१६३ नम्बरको मोटरसाइकल चालक घोराही –११ का ३४ वर्षीय दLपक बस्नेत गम्भीर घाइते हुनुभएको छ । उहाँको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।