ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र) को तेस्रो पालिका अधिवेशन सुरु भएको छ । गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन गर्नेगरी माओवादी केन्द्रको पालिका अधिवेशन शनिबार सुरु भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीपकुमार पौडेलले सरकारले आफ्ना नागरिकलाई रोग लाग्नै नदिने गरेर सचेत र सक्षम बनाउने अभियान संचालन गरिरहेको बताउनुभएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोरÞ्याउनु भएको छ ।
युरोपको अति व्यस्तमध्येको हिथ्रो विमानस्थल ’पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थल प्रशासनले बताएको छ ।
विश्व कविता दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपतिको प्रमुख आतिथ्यमा भएको महोत्सवमा कविता प्रतियोगिता पनि भएको थियो ।
इलामको ऐतिहासिक तथा पुुरानो माइस्थान धार्मिक विकास समितिलाई स्तरोन्नति गरी नेपाली सेनाले मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले आज ललितपुरमा महिला ‘हाफ म्याराथन’ आयोजना गरियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्चपदस्थ छ जना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिने तयारी गरेको छ ।
शुक्रबार मध्यरातमा आएको हावाहुरीसहितको असिनापानीले खाद्यान्न तथा तरकारी बाली नष्टहुँदा रौतहटको उत्तरीक्षेत्रका किसान चिन्ता व्यक्त गरेका छन् ।
बबई गाउँपालिका –५ मा रहेको पुरन्धारा झरना पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । हापुरे बजारबाट करिव १० किलोमिटर पश्चिम दक्षिण बबई नदीको छेउमा रहेको झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवस २०२५ (२२ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै पानीका स्रोतहरूको संरक्षणमार्फत पर्यावरण सन्तुलन कायम राख्न सबैलाई प्रेरित गर्नुभएको छ।
गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँ गोरखापत्र संस्थानमा २०५६ सालमा कार्यकारी अध्यक्ष हुनुभएको थियो ।
नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शाम्सीले सामाजिक एकता र सद्भाव बलियो समाज निर्माणको आधारस्तम्भ भएको बताउनुभएको छ
काठेखोला गाउँपालिका वडा ८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा ९ दिनसम्म श्रीमद्देवी भागवत महापुराण नवाह, ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।
घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुंगानाको २१ महिनाकी छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर ज्यान गएको हो ।