हिमाली जिल्लाका अधिकांश स्थानमा अझै पिउने पानीको समस्या रहेको छ । वर्षेनी पिउने पानीका लागि बजेटको व्यवस्थापन हुने भए पनि स्थानीयको निष्क्रियता र बलियो व्यवस्थापन नहुँदा हिमाली जिल्लामा खानेपानी आयोजना निमार्ण भएको एक दुई वर्षमै जीर्ण मात्र होइन पूर्ण रुपमा बन्द हुने गरेका छन् ।
जङ्क फुड खाने संस्कार र बच्चालाई जङ्क फुड दिएर गरिने मायालाई डा. अरुणा उप्रेती विषालु मायाको संज्ञा दिनुहुन्छ ।
रेबिज प्राणघातक सरुवा रोग हो । रेबिज विश्वकै एक प्रमुख जनस्वास्थ्य समस्या हो । विश्वमा बर्सेनि करिब ६० हजारभन्दा बढी मानिसको मृत्यु रेबिजको कारण हुने गरेको तथ्याङ्क छ । विश्वमा करिब ९५ प्रतिशत रेबिज रोग कुकुरको टोकाइका कारण हुने गर्छ ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा झापाका जुनुन राई र निरज सिलवालको जोडी प्रथम हुनुभएको छ । सुनसरीका लाक्पा शेर्पा र ज्योतिहाङ राईको जोडीलाई पराजित गर्दै राई र सिलवालको जोडी प्रथम भएको हो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २६ पैसा र बिक्रीदर १३७ रुपियाँ ८६ पैसा कायम भएको छ ।
मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधस्थलको जलाशय भित्र ढुङ्गाको खोंचमा अड्किएर रहेको अवस्थामा सशस्त्र प्रहरीले एक युवकको शव निकालेको छ ।
गजल मञ्च चितवनको आयोजनामा शनिबार भरतपुरमा गजल वाचनको १० औँ शृङ्खला सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सके विदेशीभन्दा नेपाली चलचित्र चल्ने बताउनुभएको छ । शनिबार आठौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गतको ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग चलचित्रका कुरा’ विषयक छलफलमा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
रुसी चलचित्र दिवसका अवसरमा पहिलो पटक रुसी चलचित्रको प्रदर्शनी सम्पन्न भएको छ । उक्त दिवसमा शनिबार काठमाडौँको छायाँ सेन्टरमा तीन वटा रुसी चलचित्रको प्रदर्शनी गरिएको हो ।
शुक्रबार मध्यरातमा आएको हावाहुरीसहितको असिनापानीले खाद्यान्न तथा तरकारी बाली नष्ट हुँदा रौतहटको उत्तरी क्षेत्रका किसानले क्षति बेहोर्नु परेको छ । जिल्लाको उत्तरी क्षेत्रमा मात्र परेको असिनापानीले उक्त क्षेत्रका किसानको मकै, गहुँ, मसुरो र तरकारी बाली नष्ट गरी क्षति पु¥याएको हो ।
सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झन्डै साढे १३ अर्ब रुपियाँ भुक्तानी गरेको छ ।
नवलपरासीको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर – १ जुकेपानीस्थित निस्तिखोलाको जङ्गलबाट सुरु भएको आगोले २२ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
कर्णाली प्रदेशमा दुई आर्थिक वर्षमा ४३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।
कृषि क्षेत्रमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले प्रश्न उठाउनुभएको छ । कृषि मेसिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्दै लैजानुपर्ने अवस्थामा गुणस्तरीयतामा विश्वस्त हुन सक्ने अवस्था नरहेको बताउनुभएको हो ।