• ११ चैत २०८१, सोमबार

मर्स्याङ्दी जलविद्युतको खोंचमा अड्एिको युवकको शव सशस्त्र प्रहरीद्वारा फेला

blog

मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधस्थलको जलाशाय भित्र ढुङ्गाको खोंचमा अड्किएर युवकको शव निकाल्दै सशस्त्र प्रहरी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत १० गते ।
मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधस्थलको जलाशय भित्र ढुङ्गाको खोंचमा अड्किएर रहेको अवस्थामा सशस्त्र प्रहरीले एक युवकको शव निकालेको छ ।

नदीमा डुबेर बेपत्ता रहेका गोरखाको गोरखा नगरपालिका नौ किलो बस्ने ३० वर्षीय राहुल कुमालको शव तनहुँको भानु नगरपालिका–२ नारेश्वटारस्थित सशस्त्र प्रहरी बल मनकामना गणले निकालेको हो ।

शसस्त्र प्रहरी बल मनकामना गणका प्रहरी निरीक्षक वसन्त जिसीले गणका गणपति प्रहरी उपरीक्षक अशोककुमार लम्सालको कमाण्डमा सशस्त्र प्रहरीको  विपत् प्रतिकार्य टोलीले शनिबार शव निकालेको जानकारी दिनुभयो ।

शारीरिक अपाङ्गता भएका कुमाल पाँच दिन अघि तनहुँको आँबु गाउँपालिका–२ एक्लेफाँटबाट हराउनुभएको थियो ।