गोरखापत्र समाचारदाता
नारायणगढ, चैत १० गते । गजल मञ्च चितवनको आयोजनामा शनिबार भरतपुरमा गजल वाचनको १० औँ शृङ्खला सम्पन्न भएको छ । शृङ्खलामा गुल्मीका गजलकार प्राञ्जल, मकवानपुरका गजलकार सागर तिमल्सिना, जाजरकोटका गजलकार प्रकाश किरण र चितवनकी गजलकार सरला जोशीले पाँच/पाँच वटा गजल वाचन गर्नुभएको थियो ।
मञ्चका अध्यक्ष रामकृष्ण अनायसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले स्रष्टाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा स्रष्टाले समसामयिक विषयमा लेखिएका गजल प्रस्तुत गरेका थिए ।