वृक्षले ऐतहासिक र सांस्कृतिक मूल्यमान्यता राख्छ । वृक्षले सौन्दर्यको वृद्धि, हरियाली प्रवर्धन, पानीको स्रोत संरक्षण र प्रदूषण रोकथाममा पनि सघाउँछ । आर्थिक दृष्टिकोणले पनि वृक्ष
पाँच जना महिला कलाकारको संयुक्त कला प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा शुव्रmबारदेखि सुरु भएको छ । ‘टुगेदरनेस’ शीर्षकमा सुरु भएको कला प्र
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
केशवराज भट्ट बैतडी, चैत २३ गते। बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दशरथ चन्द नगरपालिका वडा नम्बर १ देहिमाण्डौबाट पञ्चेश्वर गाउँपालिकाको गिरेगडा तर्फ गइरहेको बि ए सी ५६५९ नम्बरको बोलेरो जिप शुक्रवार राति दशरथ चन्द नगरपालिका ११ को नानी गाड भन्ने स्थानमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ५ का ५४ वर्षीय चन्चले दयाल रहेको बैतडी प्रहरीले जनाएको छ ।
दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा ः घर नं. २’ ले एकसाथ तीन पोस्टर सार्वजनिक गरेको छ । तीन पोस्टर सार्वजनिक गर्दै चलचित्रले प्रदर्शन मितिसमेत परिवर्तन गरिएको निर्देशक खनालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि जेठ ९ गते प्रदर्शन हुने भनिएको चलचित्र अब एक सातापहिले अर्थात् जेठ २ मा प्रदर्शन हुनेभएको छ ।
कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३४ करोड रुपियाँ मुनाफा वितरण गरेको छ ।
चकमन्न मध्यरातमा घर घर पुगेर फेरी लगाउने परम्परा घट्दै गएको छ । विशेष गरी कात्तिक र चैतमा जोगी समुदायले फेरी लगाउने चलनप्रति युवापुस्ताको आकर्षण नहुँदा
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ले परिवर्तनशील समयलाई मात्र नभई क्षेत्रीय सहयोगलाई
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अटोमोबाइल र अटोपार्ट्समा अधिकतम खुुद्रा मूल्य (एमआरपी) तोक्न अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) लाई निर्देशन दिएको छ ।
लहान–२१, कलाबन्जर मुसहर समुदायको फुसको घर रहेको बस्तीमा टाढैबाट चम्किने सुन्दर सुविधासम्पन्न शौचालय निर्माण गरिएको छ । शौचालय निर्माणले पुस्तौँपुस्तादेखि झेल्दै आइरहेको खुला दिसाबाट मुक्त भएपछि मुसहर समुदाय खुसी भएका छन् ।
चलचित्र ‘झिल्को’ को ‘नाच पुतली’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएकोे गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुःखी बालिकालाई फकाउँदै
सुनसरी, चैत २३ गते । सङ्खुवासभाको चैनपुर नगरपालिका–१, गुफापोखरीस्थित चरन क्षेत्रमा चर्दै गरेका याक । यहाँका स्थानीयले एक हजारभन्दा बढीको सङ्ख्यामा याक र चौंरीपालन गरेका छन् । तस्बिरः रासस
बैतडी, चैत २३ गते । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका– ५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । यस्तै पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका –१० कि ३० वर्षीया कबिता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कृषि उपजलाई कृषि पर्यटनको विकासमा रूपान्तरण गर्न सरकारीस्तरबाट पूर्वाधार विकासमा लगानी आवश्यक हुन्छ । ग्रामीण क्षेत्रमा बाटो, बिजुली, खानेपानी, स्वास्थ्य सेवा जस्ता न्यूनतम पूर्वाधार हुनै पर्छ । त्यसका अलावा स्थानीय कृषक र व्यवसायीलाई प्रोत्साहन, सहजीकरण गरी त्यसमा कृषक र पर्यटन व्यवसायी समुदायले व्यक्तिगत लाभ लिन सक्ने गरी लगानी, सिप र प्रविधियुक्त ज्ञान बढाउनु पर्छ ।कृषि क्षेत्र ग्रामीण पर्यटनको विशिष्ट सम्भावना बोकेको क्षेत्र हो । पर्यटन क्षेत्रको विकासका लागि पनि कृषि नभई हुँदैन । यसको पूर्ण सम्मिलन बाँकेको गाभर भ्याली होमस्टे, इलामको चिया बगान, कास्की सार्दीखोलाको गण्डकी रेन्वो ट्राउट फार्मलगायत मुलुकका धेरै स्थानमा देखियो । ग्रामीण क्षेत्रमा कृषि जीवनयापनको एउटा पाटो हो भने सहरी क्षेत्रमा बसोबास गर्नेका लागि यो नौलो र आकर्षणको क्षेत्र पनि हो । यसको विविधता थप आकर्षण हुन सक्ने सम्भावना पनि छ । खाद्य र कृषि संस्कृतिको विविधताको धनी देश भएकाले यसको पर्यटनसँग सकारात्मक सम्बन्ध पनि छ । कृषि क्षेत्रसँग सम्बन्धित भएर हुने पर्यटन नै कृषि पर्यटन हो । कृषि पर्यटन मुख्यतः प्रकृतिसँग जोडिएको हुन्छ, परम्परासँग जोडिएको हुन्छ र संस्कृतिसँग जोडिएको हुन्छ । यसबाट मनोरञ्जन मात्र होइन प्रशस्त ज्ञान पनि हासिल हुन्छ । सहरमा हुर्केको पुस्ताका लागि त प्रकृति र संस्कृतिसँग जोड्ने अनुपम उदाहरण पनि हुन सक्छ । थाकेको शरीर वा मनलाइ स्फूर्ति दिन मात्र होइन आफ्नो भूगोल, संस्कार र संस्कृति चिनाउन पनि यसले सहयोग गर्न सक्छ । ग्रामीण पर्यटनको एउटा माध्यमका रूपमा कृषि पर्यटन स्थापित हुँदै गएको छ र यसको प्रवर्धन गर्ने पर्याप्त सम्भावना छन् । खास गरी ग्रामीण पर्यटनका रूपमा स्थापित घरवाससँग जोडेर काम गर्न सके अझ सुन्दर हुन सक्छ । अहिले घरवास प्रचलन लोकप्रिय हँुदै गएका छन् । घरवासमा खुवाउने खाद्यवस्तु त्यही घरको उत्पादन भए असाध्य राम्रो अझ त्यही स्थानको भए झनै राम्रो । स्थानीय कृषिजन्य उत्पादन घरवाससँग जोडिएको अभिन्न विशेषता हो । पाहुनाले बारीबाट रुचि अनुसारका फलफूल, तरकारी टिपेर पकाउन र खान पाए कस्तो सन्तुष्टि अनुभूति गर्लान् सहजै अनुमान गर्न सकिन्छ । मौसम अनुसारका स्थानीय बालीनाली, तरकारी, फलफूल, दुध, घिउ, मासु, अण्डा उत्पादन गरी पाहुनालाई भोजन व्यवस्थापन गर्न सके अति उत्तम हुन्छ । उत्पादित वस्तु प्राङ्गारिक भए त अझै राम्रो । घरवासमा पनि सहरकै खाद्यवस्तु खान पाहुनालाई इच्छा हँुदैन । त्यही उत्पादन गर्दा ग्रामीण क्षेत्रमा आर्थिक व्रिmयाकलाप पनि बढ्ने र रोजगारी पनि सिर्जना हुन सक्छ । घरवास भएका स्थान लगायतमा कृषि हाटबजार पनि बाहिरका पाहुनाका आकर्षण हुन सक्छन् । स्थानीय कृषिजन्य र अन्य घरेलु उद्यमका वस्तुका कोसेली घर पनि ग्रामीण पर्यटनका विषय हुन । रैथाने बालीनालीका बिउ सङ्ग्रह, संरक्षण र प्रवर्धन गर्न सामुदायिक बिउ बैङ्क स्थापना गरेर सञ्चालन गर्न सकिन्छ । यसलाई विद्यालयसँग जोडेर विद्यार्थीलाई शैक्षिक ज्ञानसमेत बढाउन सहयोग गर्छ । यसबाट स्थानीय उत्पादनलाई प्रोत्साहन र आर्थिक व्रिmयाकलाप बढाउन सकिन्छ । खास गरी ग्रामीण महिलालाई आर्थिक उपार्जनमा जोड्न र आयआर्जनको माध्यम बनाई रोजगारी सिर्जना गर्न ग्रामीण कृषि पर्यटन उपयोगी हुने रहेछ । ग्रामीण पर्यटनसँगै जोडिएको कृषि पर्यटनमा विभिन्न सम्भाग उपयोगी हुन सक्ने देखिन्छन् ।फलफूल बगैँचा: तरेली परेका गरामा आकर्षण ढङ्गले लगाइएका फलफूल खेती ग्रामीण पर्यटनको आकर्षण हुन सक्छ । मध्य पहाडी भागका भएका सुन्तला बगैँचा सुन्तला पाक्ने समयमा चित्ताकर्षक देखिन्छन् । केरा, किबी, ड्रागन फल, अङ्गुर बगैँचा पनि सुन्दर देखिन्छ । उच्च पहाडी भागमा स्याउ पाक्ने बेलाको बगैँचा त्यस्तै लोभलाग्दो हुन्छ । हालै विस्तार गरिएको उच्च घनत्वको स्याउ खेती पनि स्याउ पाक्ने बेला गजबकै देखिन्छ । पाहुनाले आफँै फलफूल टिपेर खान पाउने हुँदा यो कृषि पर्यटनको राम्रो माध्यम हुन सक्छ । हालै स्ट्रवेरी खेतीमा यस खालको सम्भावनालाई युवाले सुरुवात गरेका पनि छन् ।वनस्पति उद्यान: स्थानीय आबहवामा मिल्ने फूल फुल्ने र नफुल्ने खालका वनस्पतिको सङ्ग्रह गरी सार्वजनिक बगैँचाका रूपमा यस्ता बगैँचा बनाउने प्रचलन संसारभर नै छ । यसमा वनस्पतिहरूका साथै फलफूल, मौसमी फूललगायतका बालीनाली पनि लगाउन सकिन्छ । यो पर्यटकका लागि आनन्ददायक मात्रै नभई मनोरञ्जन र ज्ञान दुवैका लागि महìवपूर्ण हुन्छ ।चिया बगान: चिया बगानको सौन्दर्यका बारे हामी सबै जानकार नै छौँ । तरेली पारेर काटेका चियाका बुटा र हरियाली पाखाको आकर्षण इलाम भ्रमण गर्ने पर्यटकको सङ्ख्याले पुष्टि गरेको छ । पूर्वी पहाडी अन्य पहाडी जिल्लामा मात्र नभई झापाका चिया बगानमा जाने पर्यटकको सङ्ख्या पनि कम छैन ।धान, तोरी, फापर: पहाडी भागका तरेली परेका गरामा लगाइएका यी बाली आफैँमा कम्ती सुन्दर हुँदैनन् । तराई र मध्य पहाडको तोरी र उच्च पहाडको फापर फुलेको बेला गरा मनमोहक हुन्छन् । यस्ता खेतीका बिचबिचमा आराम गर्ने स्थान र सुन्दर ढुङ्गे सिँढीको बाटो बनाएर घुमफिर गर्ने स्थान बनाउन सकिन्छ । म्याग्दी रत्ने चौरको तोरी बारी भाइरल नै हुने गरेको छ । असार १५ मा मनाइने धान दिवस र रोपाइ महोत्सव विदेशी पर्यटक लोभ्याउने माध्यम भइसकेको छ । यस अवसरमा हिलोमा विभिन्न व्रिmयाकलाप गरी रमाइलो गर्ने चलन आइसकेको छ । त्यसै गरी धानको दाइँ पनि रमाइलो गरी मनाउन सकिन्छ । खर्कहरू वा गोठको पशुपालन, तिनीहरूको चरन र व्यवस्थापन आफैँमा नौलो हुन्छ । हरिया खर्कमा चर्दै गरेका चौँरी, भेडा, च्याङ्ग्राको बथानका दृश्य निकै सुन्दर हुन्छन् । कतिपय पाहुना घाँस कुडो खुवाउन र दुध दुहुन पनि लालायित हुन्छन् । नुवाकोट, लमजुङलगायतका विभिन्न स्थानमा गोरु जुधाइलाई मेलामा रूपमा स्थापित गरेर पर्यटक आकर्षित गरिएको छ । भेडाको उन कटाई र राडी पाखी बुनाइ पनि आकर्षण हुन सक्छ ।पन्छीपालन: नेपालमा कुखुरा, कालिज, बट्टाइ, परेवा, हाँस, टर्कीलगायतका विभिन्न पन्छीपालन र तिनका पनि विभिन्न प्रजाति पाइन्छन् । विभिन्न किसिमका पन्छी एकै स्थानमा पालेर चिडिया घर बनाएर पनि पाहुनालाई सन्तुष्ट गराउन सकिन्छ ।मत्स्यपालन : पहाडी भेकको बगेको चिसो पानीमा रेस वे बनाएर पालिने रेन्वो ट्राउट मस्त्यपालन वा समथर बेँसी र तराईमा पोखरीमा पालिने मत्स्यपालनसँगै जोडेर माछा समात्ने खेल सञ्चालन गर्न सकिन्छ । साथसाथै मत्स्य परिकारका रेस्टुरेन्ट सहितको व्यवसाय गर्दा राम्रो आर्थिक उपार्जन हुन सक्छ । कास्की सार्दीखोलाको गण्डकी ट्राउट फार्म यसको राम्रो उदाहरण हो ।मौरीपालन र भिरमौरी: लहरै मिलाएर राखिएका मौरीका गोला र मौरीका व्रिmयाकलाप पनि निक्कै आकर्षक हुन्छन् । महका विभिन्न परिकारका भोजन पनि थप्न सकिन्छ । मह मेला वा मह काढ्ने मेला पनि रमाइला कर्म हुन सक्छन् । भिर मौरीको मह काढ्ने मेला आफैँमा धेरै पर्यटन तान्ने सक्ने व्रिmयाकलाप हुन सक्छ । महको घारबाट निस्कने ग्याँस लिएर गरिने थेरापी र मौरीले टोकायर गरिने थेरापी पनि हाल बढ्दै गएका छन् ।कृषि मेला महोत्सव ग्रामीण कृषि पर्यटनका महत्वपूर्ण विषय हुन् । आफ्नो स्थानीय सम्भाव्यताका आधारमा सुन्तला, स्याउ, च्याउ, आलु, केरा, आँप, चिया, कफी, स्थानीय खाना र खाद्य परिकारका मेला महोत्सव गर्दा धेरै पर्यटक आकर्षण गर्न सकिन्छ । स्थानीय खाद्य वस्तुका खाद्य विविधीकरण गरी मेलामा खुवाउनु आफँैमा धेरै महìवपूर्ण हुन्छ । हाम्रो समाजमा स्थानीय रूपमा परम्परा नै भइ आएका धेरै परिकार छन्, तर ज्ञान, चेतना, बजारीकरणको अभावले प्रचारप्रसारमा आउन सकेका छैनन् । यस्ता परिकारलाई पनि प्रवर्धन गर्न सकिन्छ । यीलगायत ग्रामीण स्तरमा हुने सांस्कृतिक कार्यव्रmम, खेलकुदको मेला महोत्सवमा पनि स्थानीय उत्पादित वस्तु राख्न सकिन्छ ।माथि उल्लेखित विभिन्न सम्भावना सबै ठाउँमा हुँदैनन् र यीलगायत स्थानीय सम्भावनाका अरू धेरै क्षेत्र र विषय हुन सक्छन् । हाम्रो जस्तो विविधताको धनी देशमा स्थान अनुसार नयाँ नयाँ अवधारणा तयार हुन सक्छन् । त्यसको अन्वेषण गरी कार्यान्वयनका ल्याउन सकिन्छ । यसले ग्रामीण पर्यटनको अवधारणालाई सार्थक बनाउँछन् । कृषि उपजलाई कृषि पर्यटनको विकासमा रूपान्तरण गर्न सरकारी स्तरबाट पूर्वाधार विकासमा लगानी आवश्यक हुन्छ । ग्रामीण क्षेत्रमा बाटो, बिजुली, खानेपानी, स्वास्थ्य सेवा जस्ता न्यूनतम पूर्वाधार हुनै पर्छ । त्यसका अलावा स्थानीय कृषक र व्यवसायीलाई प्रोत्साहन, सहजीकरण गरी त्यसमा कृषक र पर्यटन व्यवसायी समुदायले व्यक्तिगत लाभ लिन सक्ने गरी लगानी, सिप र प्रविधियुक्त ज्ञान बढाउनु पर्छ । कृषि उत्पादनका लागि सिपमूलक तालिम मात्र नभई कलात्मक हिसाबले सजाउने खेती प्रविधि र विविध परिकारका खाना तयार गर्न पनि सिप विकास हुन पर्छ । व्यवसायीलाई पुँजी र सूचनामा पहुँच अर्को कार्य हुन्छ । ग्रामीण पर्यटन प्रवर्धनका लागि पर्यटन व्यवसायी र कृषकमा लाभप्रद हुने योजना, रणनीति, कार्यव्रmम पनि सरकारी निकायबाट आउनु आवश्यक हुन्छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नु, उपलब्ध स्थानीय स्रोतसाधनमा उद्यम व्यवसायीको पहुँच बढाउनु, आफ्नै गाउँ क्षेत्रमा छरिएर रहेका स्रोतसाधनलाई पहिचान गरी असङ्गठित पुँजीलाई समूह वा सहकारीका माध्यमबाट परिचालन गर्नु आवश्यक छ । कृषि पर्यटन निजी मात्र नभई सामुदायिक लाभको क्षेत्र पनि हो । यसको प्रवर्धनका लागि सामूहिक प्रयासको आवश्यकता हुन्छ । यी सबै कार्यका लागि सरकारी, सामुदायिक र गैरसरकारी सबै निकायको निरन्तर प्रयास जरुरी हुन्छ । खास गरी स्थानीय तहको भूमिका निकै महत्वपूर्ण हुन्छ ।
व्यसनी आफ्नो अवसाद, कुण्ठा तथा क्राेधको त्वरित उपचारप्राप्त गर्ने उद्देश्यले लागुऔषधको सेवन गर्छन् र शारीरिक, आर्थिक, भावनात्मकका साथसाथै सामाजिक रूपले पनि पीडित हुन्छन् । हाम्रा नीति, रणनीति लागुपदार्थको सेवन र स्थानीय कारोबारलाई कानुनको माध्यमले दण्डित गरेर नियन्त्रण गर्ने मात्र नभएर सीमा नाकाबाट हुने आपूर्ति कडाइका साथ रोक्ने हुनु पर्छ ।लागुपदार्थको व्यसन र दुर्व्यसन केही दशक पहिलेसम्म नैतिक समस्या र सामाजिक अनुत्तरदायित्वको लक्षण मानिन्थ्यो । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ले खास खास प्रकारका वस्तुलाई लागुऔषधको परिभाषाभित्र समेटेर ती वस्तुको खेती, उत्पादन, तयारी, निर्माण, विक्री वितरण, निकासी वा पैठारी, ओसारपसार र सेवन गर्न निषेध गरी दण्डनीय बनाएपछि यो आपराधिक कार्य भएको छ । लागुपदार्थको व्यसनले व्यक्तिको शारीरिक प्रक्रिया र कार्य (प्रोसेस र फङ्सन) लाई परिवर्तन गरेर अल्पकालिक सुखद मनोदशा उत्पन्न गर्छ । यसको प्रयोग स्वास्थ्य र मनोसामाजिक दृष्टिले घातक भएकाले व्यसनीलाई दण्डित गरेर होइन विशेषज्ञद्वारा उपचारको आवश्यकता हुन्छ । मनोचिकत्सक, डाक्टर र सामाजिक कार्यकर्ताद्वारा व्यसनीको व्यक्तित्वको पुनः संरचनामा सहायता गरिनु पर्छ । सोबाहेकका लागुपदार्थको कारोबार वा तस्करीले आर्थिक उपार्जन गर्ने क्षेत्रमध्ये अवैध हातहतियारको तस्करीपछिको दोस्रो स्थान ओगटेको मानिन्छ । यो विशुद्ध आपराधिक कार्य भएकाले सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न कानुन र कानुन कार्यान्वयन गर्ने निकाय लागुपदार्थको सेवन र कारोबारलाई निवारण गर्न क्रियाशील रहँदै आएका छन् । पश्चिमा देशमा लागुपदार्थ दुरुपयोगलाई लामो समयदेखि महìवपूर्ण सामाजिक समस्याका रूपमा स्वीकार गरिँदै आएको थियो । नेपालमा विद्यमान कानुनको तुलनामा नरम व्यवस्था थियो । अहिले पनि गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपियाँसम्म जारिबानाको सजाय हुने प्रावधानका बाबजुद महाशिवरात्रीका अवसरमा नागा बाबा वा साधुसन्तलाई गाँजा वितरण गर्ने कानुनी दायराभन्दा बाहिरको स्थापित परम्परागत चलन चलिरहेछ । नेपालको पश्चिमी पहाडी भेगमा प्राकृतिक रूपमा आफैँ उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन, सङ्ग्रह, सञ्चय वा खरिद बिव्रmी गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यवस्था गर्ने सक्ने छ र सो अनुसार अनुमतिपत्र प्राप्त गरी कसैले कुनै काम गर्दा अपराध गरेको मानिँदैन । औषधोपचारको निमित्त स्वीकृत चिकित्सकको सिफारिसमा कुनै व्यक्तिले अनुमतिप्राप्त पसलबाट सिफारिसबमोजिमको मात्रामा लागु औषध खरिद गरी सेवन गर्न पाउँछ । नेपाल सरकारले वा सरकारबाट विशेष अनुमतिपत्रप्राप्त गरी सरकारको पूर्ण निर्देशन र नियन्त्रणमा रही सरकारको तर्फबाट कुनै संस्थाले औषधी वा वैज्ञानिक अनुसन्धान प्रयोजनका लागि कुनै लागुऔषधको खेती, तयार, उत्पादन, निर्माण वा निकासी पैठारी गर्न वा स्वीकृत चिकित्सकको सिफारिसमा कसैलाई बिव्रmी गर्नमा कानुनले प्रतिबन्ध लगाएको छैन । लागुऔषधको नियन्त्रण वर्तमान विश्वमा चिन्ता, चुनौती र चासो विषय बनेको छ । उर्वर वयका युवालाई यसले गाँजिरहेकाले सामाजिक आर्थिक विकृतिको एक कारक तìवको स्थान लिइसकेको छ । चिन्ताको विषय नेपालले लागुऔषध नियन्त्रण गर्न कुनै महìवपूर्ण प्रगति हासिल गर्न सकेको देखिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा अन्यत्रबाट ल्याएको र अन्यत्रै लैजान लागिएको अवस्थाका अफिम, कोका वा सोबाट बनेको लागुपदार्थ (नार्कोटिक्स) उल्लेख्य परिमाणमा आक्कलझुक्कल बरामद हुनुले लागुऔषधको पारगमन केन्द्र जस्तो देखिए पनि नेपाल मूलतः लागुऔषधको गन्तव्य स्थलको रूपमा प्रकट भइरहेको छ । लागुऔषध नियन्त्रण सम्बन्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय सभासम्मेलन आयोजना गर्ने, सहभागी हुने र महासन्धिहरूमा हस्ताक्षर गरेर नियन्त्रणको प्रतिबद्धता जनाउनेमा सरकार अग्रगामी देखिन्छ । कानुन कार्यान्वयनद्वारा नियन्त्रण गर्ने र दण्डद्वारा हतोत्साहित पार्नेसम्ममा राज्यको नीति सीमित देखिँदा ‘दिन दुई गुना रात चार गुना’ भने जसरी यसको पैठारी, ओसारपसार, बिव्रmीवितरण र सेवनमा वृद्धि भइरहेको छ । नेपाल प्रहरी लागुऔषध नियन्त्रणका लागि सरकारको ‘फोकल’ र ‘डेडिकेटेड’ एजेन्सी हो जसलाई गृह मन्त्रालयको शाखा महाशाखाले प्रशासनिक सम्पर्क एवं समन्वय गर्छ । सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चार जगत् तथा अन्य सरोकारवालाको सहकार्यमा लागुपदार्थलाई निषेध र मदिरा बिक्री वितरणलाई व्यवस्थित गरिने र दुव्र्यसनमा परेका व्यक्तिहरूलाई उपचार र पुनस्र्थापना गरी उद्यमशील र आत्मनिर्भर बनाइने महìवाकाङ्क्षी सरकारी नीति, कार्यनीति, रणनीति, कार्ययोजना बनाई बुद्धिविलास गर्न भने कुनै कञ्जुस्याँइ गरिएको छैन । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ ले कुल प्रयोगकर्ता १,३०,४२४ जना, वार्षिक वृद्धि ५.०६ प्रतिशत र कारागारको कैदीबन्दी सङ्ख्याको २१ प्रतिशत व्यसनी खुलाए पनि यो सर्वेक्षणपछि नेपालका नदीमा धेरै पानी बगिसकेको छ । झापा जिल्लामा मात्र २८ हजार लागुऔषधका प्रयोगकर्ता रहेको तथ्याङ्क सुरक्षा निकायसँग छ (पूर्वाञ्चल दैनिक) । सीमावर्ती क्षेत्रमा लागुपदार्थको निर्बाध र सजिलै उपलब्ध हुनु र १६–२५ वर्षका युवाको सेवन र ओसारपासारमा रहेको संलग्नताले नेपालमा यसले व्यावसायिक स्वरूप लिइरहेको छ । न्याय, समानता र स्वतन्त्रताको बिगुल फुक्ने कुनै बेलाको झापा अहिले धरान र काठमाडौँमा लागुऔषध आपूर्ति गर्ने पारगमन भएर विकसित भइरहेको छ । यही अवस्था विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी जस्ता सीमावर्ती सहरहरूको रहेको छ ।गाँजा, भाङ, धतुरो जस्ता झार, बुट्यान, फल रैथाने जडीबुटी भई औषधीको रूपमा उपयोग गर्ने गरिन्थ्यो । पखला लागेको बिमार पशुको अचुक दबाई गाँजा हो । गाँजाको खेती, सेवन, व्यापार आदि गर्ने कुरामा कानुनी प्रतिबन्ध लागे पनि नेपाली गाउँबस्तीमा गाँजाको खेती गर्ने गरिएको र प्रहरी तथा गाँजा खेती गर्नेबिच यदाकदा लुकामारी चलिरहेको पाइन्छ । कतिपयको दृष्टिकोणमा गाँजा खेती आय आर्जनको एक उपयोगी माध्यम हो भन्ने पनि रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले गाँजा र यसबाट निस्कने चोप (रेजिन) मा औषधीजन्य गुण भएको र कम खतरनाक लागू पदार्थ भएको निष्कर्ष निकालेको थियो । यो निष्कर्षको आधारमा संयुक्त राष्ट्र सङ्घमा मतदान गरी ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक्स ड्रग्स, १९६१’ को खतरनाक लागुऔषधको अनूसूचीबाट गाँजालाई हटाइएको छ । नेपालले हटाउने पक्षमा मतदान गरेको थियो । हाल ६४ देशले औषधीय प्रयोजनका लागि र करिब आधा दर्जन देशले मनोरञ्जनका लागि गाँजा खुला गरेका छन् । लागुपदार्थको सबै प्रकारको कारोबार र सेवन गरी गरिने कसुर नियन्त्रणका अनेक प्रयास भइरहेका छन् । कतिपय लागुपदार्थ कारोबार जोडिएको अपराधमा जन्मकैदसम्म दण्ड हुने प्रावधान छ । विभिन्न सरकारी निकाय र गैरसरकारी संस्थाद्वारा लागुपदार्थ नियन्त्रणका लागि कार्यव्रmमद्वारा व्यापक रणनीति तयार पारिन्छ । शिक्षा, परामर्श, उपचार एवं पुनस्र्थापनाका कार्यव्रmम नियन्त्रणका उपाय हुन् । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ कार्यान्वयनमा अकाएको लगभग आधा शताब्दी पूरा भइसकेको छ । कानुन कार्यान्वयन गर्दाका अनुभव उपलब्धिपूर्ण छन् । लागुऔषधविरुद्धको जनमत तयार गर्न ऐनले उल्लेखनीय भूमिका खेलेको छ तथापि गाँजाबाहेकका अन्य लागुऔषधको सेवन र कारोबार नियन्त्रण गर्ने चुनौती कायम नै छ । लागुऔषध सेवन समवयी मित्र, चिने जानेको मानिस वा अन्य व्यक्तिले गरेको आग्रह अनुरोध (पर्सुएसन) मा, अचेतन अनुकरणद्वारा र ध्यान प्रवीण चिन्तन (रिफ्लेक्टिभ थिङ्किङ) द्वारा सिकेर जानेको व्यवहार हो । सीमा क्षेत्रका युवाहरू व्यसनी हुनुको प्रमुख कारण लागुपदार्थको सर्वसुलभता हो । परिवारमा बाबु वा आमाको अनुपस्थिति तथा दिदीबहिनी भाइबिचले कसिलो मायाको सम्बन्धको अभाव भएमा किशोरहरूले पहिला विद्यालय छाड्छन् र त्यसपछि लागुऔषधको व्यसन सिक्ने गरेको पाइन्छ । सिकाउनेले पहिला निःशुल्क उपलब्ध गराउँछ र व्यसनी भएपछि निरन्तरता दिन पैसाको अभाव हुन्छ । सीमा पारीबाट लागुऔषध पैठारी गरी बिव्रmी गरी हुने नाफा व्यसनलाई निरन्तरता दिनमा खर्च गर्छन् । नेपालतिरभन्दा सीमापारि नार्कोटिक्स र मनोद्विपक पदार्थ (साइकोट्रपिक सब्स्टान्स) निर्बाध रूपले (अघोषित) सहज र सर्वसुलभ मूल्यमा उपलब्ध हुन्छ । नेपाली ग्राहकलाई बिव्रmी वितरण गर्ने कार्य प्रहरी प्रशासनले नदेखे जस्तै गर्छ, कडीकडाउ गरिँदैन ।सीमापारिबाट लागुऔषध ओसारपसार गर्ने खास गरी युवाले सूक्ष्मतम प्रव्रिmया अपनाउने र विशिष्ट योजना बनाउने गरेको पाइन्छ । खैरो हिरोइन प्लास्टिकमा पोको पारेर मलद्वार वा मुखमा राख्नु, बालबालिका र सिकारूलाई प्रयोग गर्नु र परिवर्तन गरिरहनु, सीमापार एउटा समूहले गर्ने, गन्तव्यसम्मा अर्कोले र बिव्रmीवितरण अर्को समूहले गर्ने गरी सञ्जाल बनाएर काम गर्नु र एक अर्कासित फोनद्वारा नभएर भाइबर, ह्वाट्सएप, म्यासेन्जर जस्ता अनुसन्धान अधिकृतको पहुँचबाहिरका सञ्चार प्रणालीको प्रयोग गरेर लागुपदार्थको ओसारपसार गर्ने गरेको पाइएको छ । योजनाहरू बढी गोप्य र सतर्कतापूर्वक बनाइन्छ, एकअर्कासित उल्लिखित सञ्चार माध्यमले मात्र सम्पर्क हुन्छ, व्यक्तिगत परिचय भेटघाट भएको हुँदैन । सबैको साथबाट लागुऔषध बरामद नहुँदा र सञ्जालभित्र अनुसन्धान अधिकृत प्रवेश गर्न नसक्दा मुख्य मानिस कानुनको घेरा बाहिर रहन्छ र भरियाहरू मात्र पव्रmाउ परी दण्डका भागी हुने विडम्बनापूर्ण अवस्था लागुऔषध अपराधमा हुने गरेको छ । लागुऔषधको दुरुपयोग मानवताको प्रति बढिरहेको खतरा भइसकेको छ । यसले कानुन कार्यान्वयन गर्ने एजेन्सीका लागि जटिल समस्या प्रस्तुत गर्छ भने लागुऔषधका तस्कर र माफिया गलत तरिकाले आर्जित धनधान्यले लेस भएर देशको सामाजिक तानाबानासँग खेलबाड गरिरहेका छन् । व्यसनी आफ्नो अवसाद, कुण्ठा तथा व्रmोधको त्वरित उपचार प्राप्त गर्ने उद्देश्यले लागुऔषधको सेवन गर्छन् र शारीरिक, आर्थिक, भावनात्मकका साथ साथै सामाजिक रूपले पनि पीडित हुन्छन् । हाम्रा नीति, रणनीति लागुपदार्थको सेवन र स्थानीय कारोबारलाई कानुनको माध्यमले दण्डित गरेर नियन्त्रण गर्ने मात्र नभएर सीमा नाकाबाट हुने आपूर्ति कडाइका साथ रोक्ने हुनु पर्छ ।राष्ट्रसङ्घले राष्ट्रिय सरकारलाई विश्वव्यापी स्तरमा सूचना प्रभावी ढङ्गबाट आदानप्रदान र प्रतिबद्धता नवीकृत गराएर लागुऔषध रोकथामका लागि गरिने प्रयासको अभिन्न अङ्ग बनाउने गरेको छ । हामी पनि छिमेकी मुलुकसँग समझदारी गरी मौजुदा संरचनालाई प्रभावी बनाएर यस्तो प्रयास गर्न सक्छौँ । सीमा नाकामा गाँजा यताबाट उता, उताबाट हेरोइन र मनोद्विपक औषधी यता आपूर्ति हुन्छ । नेपाल प्रहरीले आशङ्कितलाई गोली प्रहारसमेत गरेर गाँजाको ओसारपसार र निकासी नियन्त्रण गरिरहँदा तदनुरूपको पारस्परिकता हेरोइन र मनोद्विपक औषधीको आपूर्ति रोक्न उतापट्टिबाट भएको देखिन्न । सीमाका कानुन कार्यान्वयन गर्ने निकायबिच नियमित द्विपक्षीय ‘समकक्षी बैठक’ भइरहन्छन् । त्यस्तो बैठकमा उताबाट हुने आपूर्तिलाई रोकथाम गर्न सूचनाको आदान प्रदान गरी शङ्काको घेरामा रहेकालाई पव्रmाउ गर्ने सहयोगको समझदारी हुन सकेको छैन ।