राष्ट्रिय समावेश आयोगले तय गरेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनमा स्रोतको अभाव भएको छ । आयोगको रणनीतिक योजना (२०७८/०७९-२०८२/०८३ को मध्यावधि समीक्षामा सरोकारवालाले रणनीतिक योजना कार्यान्वयनमा स्रोतको अभाव हुँदा लक्ष्य प्राप्त हुनेमा आशङ्का व्यक्त गरेका छन् ।
पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित दोस्रो फालेलुङ महोत्सवका अवसरमा आयोजित मिनी म्याराथनमा पाँचथरकै मिक्लाजुङकी पुष्पा सेर्मा च्याम्पियन हुनुभएको छ ।
नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले आज बिहान ८ बजेदेखि सुरु भएर अपराह्न ४ बजेतिर मतदान सम्पन्न भएको जानकारी दिनुभयो ।
हङकङमा यही अप्रिल ९ देखि २३ तारिखसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा अब दिउँसो पाँच घण्टा र राति ६ घण्टा आवागमन बन्द गरी सडक विस्तारको काम गरिने भएको छ ।
नेपालकी कराते स्टार एरिका गुरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ ।
जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुई वटा भूकम्पमा परी आठ जना घाइते भएको छ ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दृढतापूर्वक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा शनिबार यस वर्षकै बढी भक्तजन पुगेका छन् । चैते दसैँको महाअष्टमीका दिन करिब सात हजार भक्तजन पाथीभराको दर्शन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताउनुभएको छ ।
इजरायल रक्षा बल (आइडिएफ) ले शुक्रबार एक वक्तव्यमा गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकर्ता मानिएका सइद अहमद अबेद खुदारीलाई मारेको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै व्यापक भन्सार शुल्क शनिबार लागु भएको छ । यसले प्रतिक्रियास्वरूप जवाफी कारबाही र बढ्दो व्यापारिक तनाव निम्त्याउन सक्छ र विश्व अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा सङ्क्रामक तथा नसर्ने रोग न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीसँग अभिमुखिकरण, सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाको परम्परागत बाह्रबिसे (चैतेदसैँ) मेलाको तयारी पूरा भएको छ । वालिङ ९ र १३ को सिमानास्थित आँधीखोला किनारमा लाग्ने चैते दसैँ मेलाको तयारी पूरा भएको बाह्रबिसे बजार संरक्षण समितिका अध्यक्ष अर्जुन गौतमले जानकारी दिनुभयो । रामनवमीको दिन आइतबार मेला लाग्ने उहाँको भनाइ छ ।