सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठकमा बिहीबार सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
हिमालपारीको जिल्ला मुस्ताङमा फलेका स्याउ टिप्नका लागि सर्वपक्षीय बैठकले मिति तय गरेको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबिचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग विभागीय टोली त्रिभुवन आर्मी क्लब स्तब्ध बनेको छ ।
स्वास्थ्य क्षेत्रमा सुधारका लागि संघ, प्रदेश र स्थानीय तहले एक आपसमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका हुन्।
राष्ट्रिय सभाका सांसद वामदेव गौतमले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताउनुभएको छ ।
सन् १९८९ मा चीनको प्रजातान्त्रिक आन्दोलनमा भाग लिएका न्यूयोर्कका एक व्यक्तिलाई संयुक्त राज्य अमेरिकामा चिनियाँ सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोपमा बुधबार अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो ।
गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिका सिमानामा पहिरो जाँदा अबुँवा-बिर्दि-सेरा-पौबाटार सडक खण्ड अवरुद्ध भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्डको अवरोध आज साँझबाट हटाइने भएको छ। अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा बुधबार खसेको पहिरोलाई पन्छाएर अवरोध हटाउन लागिएको हो।
प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयका निम्ति सञ्चारसम्बद्ध पुराना सामग्री उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ ।
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको बौद्धिक दार्शनिक नेताको रूपमा रहनुभएका प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेताका रूपमा सदा रहिरहने बताउनुभएको छ ।