पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल शहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । यहाँस्थित भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।
बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ ।
बुटवलको पुरानो एवम् ऐतिहासिक बजार ‘बटौली’ लाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्नेगरी संरक्षण गरिने भएको छ ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार राती शिकागोको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता गर्नुभएको छ ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङ जिल्लाको स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट बनेको छ ।
तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।
परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै जानु भएको छ । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकार र कमला नदीमा नयाँ पुल निर्माणका लागि आमरण अनशनरत सङ्घर्ष समितिबीच शुक्रबार चार बुँदे सहमति भएको छ । सहमतिपछि भदौ ४ गतेदेखि जारी आमरण अनसन स्थगित भएको छ ।
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसको मकवानपुरमा बिरामी बढ्दै गएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दिक्षान्त समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला आउनु हुने भएको छ ।
गोरखामा अविरल वर्षाका कारण बन्द भएको अबुवाँ-बिर्दी-सेरा-पौवाटार सडक खण्ड १० घण्टापछि सुचारु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली दुई मुलुक पोल्याण्ड र युक्रेनको भ्रमणका सिलसिलामा शुक्रबार युक्रेनको राजधानी किएभ आइपुग्नुभएको छ ।
भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको छ । बसमा सवार यात्रुहरुको उद्धार कार्य सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १० देखि ११ जनासम्मको ज्यान गएको छ ।
कार्यसम्पादनमा अब्बल बन्दै गएको गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा गुणस्तर परीक्षणमा पनि देशमै उत्कृष्ट बनेको छ ।