राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताउनुभएको छ ।
इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनामा मानव निर्मित ढाप पोखरी पानी संरक्षण र वातावरण संरक्षणमा उदाहरणीय बनेको छ । पोखरी हेर्दा अनुमान गर्न नसकिनेगरी स्थानीयले यो पोखरी संरक्षण गरिरहेका छन् ।
सङ्खुवासभा जिल्लाको गढीडाँडा बजार आसपासमा भूकम्प गएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि धवलागिरी आइसफल क्षेत्र नजिक हिमपहिरो खसेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।उद्धार गरिएका थप पाँच जना अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।उद्धारकार्य जारी रहेकाले यो संख्या अझ बढ्नसक्ने अनुमान प्रहरीले गरेको छ।
मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवन बिमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले सस्तोमा विद्युत् उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल उद्योग व्यवसायी महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो ।
थाइल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चात प्रकाशन गरेको अन्तिम नतिजामा कैलाली जिल्लामा घोडाघोडी नगरपालिका उत्कृष्ट नगरपालिका भएको छ ।
नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र तम्घासमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा यस आँखा उपचार केन्द्रबाट पनि सुरु गर्न लागिएको बताइएको छ ।
बाँकेको खजुरा गाउँपालिका –४ एफगाउँका खेमबहादुर विक ११ वर्षको हुनुभयो । गाउँघरमा हुने विवाह पूजा, धार्मिक कार्यक्रम र अन्य कार्यक्रममा उहाँ आफ्ना हजुरबुवा तिलबहादुरसँगै बाजा बजाउन जानुहुन्छ ।