• २५ चैत २०८१, सोमबार

रविलाई सोमबार अदालत लगिने

blog

भैरहवा समाचारदाता

भैरहवा, चैत २४ गते । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि काठमाडौँमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । शुक्रबार राति पक्राउ परेका लामिछानेलाई विमानमार्फत शनिबार बिहान भैरहवा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यती एयरलाइन्सको विमानबाट उहाँलाई भैरहवा ल्याइएको हो ।

भैरहवा विमानस्थलमा अवतरण गरेसँगै लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो ।शनिबार र आइतबार जिल्ला प्रहरीमा राखिने र सोमबार कार्यालय खुलेपछि प्रक्रिया पुर्‍याएर मात्रै कारागार पठाइने प्रहरीले जनाएको छ ।

सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ । छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ ।