सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले समृद्धि र विकासका लागि नयाँ सत्ता समीकरण बनेको दावी गर्नुभएको छ ।
जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ ।
करदाता सेवा कार्यालय गुल्मीले गत आर्थिक वर्ष २०८०–८१ मा लक्ष्यको ८६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कारदाता सेवा कार्यालयले ४६ करोड ४४ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३९ करोड ८५ लाख ३३ हजार रुपियाँ मात्र राजस्व संकलन गरेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत सुरज बस्यालले जानकारी दिनुभयो ।
तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवहाक बस मर्स्याङ्दी नदिमा खसेको जानकारी दिनुभयो ।
कैलालीको डुबान प्रभावित क्षेत्रमा बाढी घटे पनि विस्थापितहरु सडकमा बस्न बाध्य छन् । डुबान भएको घर हिलाम्मे भएका कारण उनीहरु सडकमा बस्न बाध्य भएका हुन् ।
अविरल वर्षातले त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्कर बुस्लुङखोलाको बाढीले दर्जन घर जोखिममा परेका छन् । त्यसमध्य उच्च जोखिममा परेका थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा टेन्ट हालेर स्थानान्तरण गरिएको छ ।
दाङमा टिमुर उत्पादनमा वृद्धि भएको छ । जिल्लाका पहाडी क्षेत्रका किसान टिमुरको व्यावसायिक उत्पादनमा जोडिएपछि टिमुरको उत्पादनमा वृद्धि हुँदैआएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला रु. एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।
युएस मिनेसोटाका गभर्नर टिम वाल्जले इलिनोइसको युनाइटेड सेन्टरमा आयोजित डेमोक्रयाटिक नेशनल कन्भेन्सनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवारीलाई आधिकारिक रूपमा स्वीकार गर्नुभएको छ ।
पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न निर्देशन दिनुभएको हो ।
दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । राजधानी सियोलबाट करिव २० किलोमिटर दक्षिण–पश्चिममा रहेको बुकियोनमा रहेको नौ तले होटलमा साँझ ७ः३९ बजे आगलागी भएको हो ।
बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजिवन, किबी, कुखुरा, केराखेतीमा दत्तचित्त भएर लागेका छन् ।
रुकुमपूर्व भूमे गाउँपालिका–२ स्थित रमणीय काँक्री गाउँ । यस गाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोक मार्ग र सहिद मार्गको सङ्गम स्थलको रूपमा रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका अुनसार आर्थिक वर्ष २०८०/८१ मा साना सिँचाइ कार्यक्रमअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा एक सय ६७ वटा स्यालो ट्युबेल जडान गरेपछि एक सय १७ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको हो ।