विभिन्न पेसागत माग राखेर चार दिनदेखि सडक आन्दोलन गरिरहेका शिक्षकलाई सरकारले दुई पटक वार्ताको आह्वान गरे पनि नेपाल शिक्षक महासङ्घले बेवास्ता गरेको छ ।
बर्दियाको गुलरिया नगरपालिका–५, बालापुर निवासी ५० वर्षीया गोवरी थरुनी चैत २० गते बुधबार घरदेखि दुई किलोमिटर पर रहेको केराबारीमा लगाइएको मास (थारू भाषामा उरुद) मा पानी लगाउन जानुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीहरुलाई आगामी दिनमा केही पीडा भोग्नुपरे पनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धिको प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन्।
विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ।
पोखरामा प्रशिक्षणरत युवा महिला खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी सदस्य एवं नेपाल हक्की सङ्घकी महासचिब सुवर्ण श्रेष्ठले खेल पोशाक प्रदान गर्नुभएको छ ।
चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतै दसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको रूपमा रहेको पनि गीतले भाव बोकेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्याण्डमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा भाग लिई शुक्रबार श्रीलङ्का आइपुग्नुभएको छ ।
विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक राष्ट्र बङ्गलादेशका टेक्सटाइल व्यवसायसँग सम्वद्ध नेताहरूले अमेरिकी करले प्रमुख उद्योगका लागि ‘ठूलो धक्का’ भएको बताएपछि बङ्गलादेशका अन्तरिम नेताले शनिबार आपतकालीन बैठक आह्वान गर्नुभएको छ ।
केपी ओली कप टी–२० राष्ट्रिय खुुला पुरुष क्रिकेट प्रतियोगितामा स्याङ्जा र काठमाडौँले विजयी सुरुवात गरेको छ ।
१७औँ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लबले उचालेको छ ।
रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरूलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारूले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपियाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिनुभएको छ ।
बेलायती र फ्रान्सेली सेना प्रमुखहरूले युक्रेनी सेनालाई बलियो बनाउन र रुससँगको शत्रुता अन्त्य भएपछि युद्धग्रस्त देशलाई सहयोग गर्ने तरिकाहरूबारे छलफल गर्न यस हप्ता किएभको यात्रा गरेको फ्रान्सका थिएरी बुर्खार्डले शनिबार बताउनुभएको छ ।
आगामी वैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष-२०८२’ सफल पार्न तीन जिल्ला र चार नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।