नेपाल मै पहिलो पटक हुन लागेको खो खो लिग प्रतियोगिताको तयारी पूरा भएको छ । आइतबारदेखि बर्दियाको ठाकुरबाबा नगरपालिकामा सुरु हुने खो खो लिग प्रतियोगितामा पाँच ओटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
घाँटीमा मासु अड्केर बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्बरबहादुर कुँवरको उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो ।
गोरखाको गण्डकी गाउँपालिका–६ अन्तर्गत पर्ने पृथ्वीराजमार्गको फिस्लिङदेखि आग्रिडाँडा हुँदै गाउँकार्यपालिका जाने सडकखण्ड शनिबारदेखि अनिश्चियतकालका लागि बन्द भएको छ ।
कृषि ज्ञान केन्द्र तनहुँले चैते धानखेती प्रवर्धन गर्न किसानलाई प्रोत्साहन गरेको छ । भारताबाट चामल र चिउराको आयातलाई घटाउन यहाँका किसान अनुदान दिएरलाई प्रोत्साहन गर्न थालिएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो थाइल्यान्ड भ्रमणका क्रममा दुई पक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताउनुभएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (सालिक) सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम अन्तिम चरणमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागिता अत्यन्त सफल एवम् सार्थक रहेको बताउनुभएको छ ।
म्यानमारमा ठुलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा भएको अटो दुर्घटनामा परेर घाइते हुनुभएका सिनियर अहेब नरबहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदको माध्यमबाट पोखरा र गण्डकी प्रदेशकै पर्यटनको प्रवर्धन गर्न सकिने बताउनुभएको छ ।
बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिबार मृत अवस्थामा एक परुषको शव फेला परेको छ । सो शव बडीमालिका नगरपालिका वडा नं –९ चौराटा बस्ने सूर्य विष्टको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गुल्मी उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा सहमति नजुटेपछि शुक्रबार जिल्लाको सदरमुकाम तम्घासमा भएको मतदानबाट अध्यक्षमा मृगेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत विष्णुप्रसाद बलालले जानकारी दिनुभयो ।
पूर्वपश्चिम राजमार्ग बन्नुअघिको सडक क्षेत्र मिचेर घर टहरा बनाइएको भन्दै मनहरी गाउँपालिकाले अतिक्रमण हटाउने तयारी गरेको छ ।
गौर नगरपालिका कार्यालयले मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । आइतबार रामनवमी पर्वको अवसरमा नगर क्षेत्र भित्र मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाइएको नगरपालिकाले जनाएको छ