नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान गरेको छ ।
सोलुखुम्बुको थामेमा भोलि (वैशाख ९ गते) हुन लागेको आरोही सम्मेलन समिटर्स समिटमा सहभागी हुन एक टोली आज थामे प्रस्थान गरेको छ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ए’ मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन सोमबार ६ स्वर्ण जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी रहेको बताउनुभएको छ ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले गणतन्त्रलाई संस्थागत गर्न रासस फोटो पुस्तक महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ ।
नेपाल रेडक्रस सोसाइटी दाङका पूर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित देउरालीबाट डलरको लोभ देखाएर लुटिएको छ ।
पाँचथरको फिदिममा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका विदेशी पर्यटकको उद्दार गरिएको छ ।
यही वैशाख २० र २१ गते नेपालगन्जमा आयोजना गरिने नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौँ केन्द्रीय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले युएईमा नेपाल फेस्टिभल २०२५ को उद्घाटन गरेका छन् । दुबईको क्रिक पार्कमा आइतबार सम्पन्न फेस्टिभलको उद्घाटन गर्दै मन्त्री पौडेलले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको भन्दै यसको समाधानका लागि केही कार्यक्रम ल्याइने घोषणा गर्नुभएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो ।
एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा श्री कुमारीले टुसाललाई २–१ गोलले हरायो ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । ती विधेयक प्रदेशसभाको हिउँदे अधिवेशनबाट पारित भएका हुन् ।