नेपाल सरकार सङ्घीय कार्यालय अन्तर्गत पर्ने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र सुदूपश्चिम प्रदेश सरकार अन्तर्गत पर्ने डिभिजन वन कार्यालय दार्चुलाले मानव–वन्यजन्तुको द्वन्द घटाउन विद्यालयस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ ।
आफैँले ऐन बनाएको डेढ वर्षपछि बागमती प्रदेश सभा सचिवालयले भाषा अनुवादक पाएको छ । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० बनेको डेढ वर्षपछि र प्रदेश ऐन लागु भएको एक वर्षपछि बागमती प्रदेश सभा सचिवालयले नेपाल भाषा र तामाङ भाषाका अनुवादक पाएको हो ।
जुम्लाको हिमा गाउँपालिका–१, दिवारगाउँको तल्लो बस्तीलाई जुम्लाकै पहिलो ‘पूर्ण सरसफाइ उन्मुख’ घोषणा गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
गत वर्षको बर्खाले बिग्रेका सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको छ ।
गत चैतको अन्तिम दिन ७० वर्षीय मानकुमारी सार्की पिठ्युँमा गाग्री बोकेर घरनजिकैको भेरी नदीमा पानी ल्याउन जाँदै हुनुहुन्थ्यो । बिहान एक गाग्री ल्याएर सकिएपछि फेरि अर्को गाग्री पानी लिन उहाँ भेरी जानुभएको हो ।
झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो ।
सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् ।
प्रिमनसुनमा नै जिल्लाका सडकमार्ग अवरुद्ध भएसँगै यस पटकको बर्सातमा यातायात सञ्चालन नहुने हो कि भन्ने चिन्ता थपिएको छ । केही दिनदेखि सुरु भएको प्रिमनसुनका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग तथा प्रादेशि
पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा उहाँले मन्त्री तथा सचिवलाई निर्देशन दिनुभएको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ ।
खजुरा गाउँपालिका(२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा टिपेर बजार पठाउन उहाँ अहिले व्यस्त हुनुहुन्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।