राज्यको आयव्यय विवरण अर्थात् बजेटका निम्ति लामो तयारी आवश्यक हुन्छ ।
संविधान अनुसार सरकारले संसद्समक्ष नीति कार्यक्रम पेस गरेर जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
पेसागत हकहितका साथै सङ्घीय संविधान अनुसारको शिक्षा ऐन जारी गर्नुपर्ने माग गरी शिक्षक लामो समयदेखि सडक आन्दोलनमा छन् ।
नेपालको अर्थतन्त्रमा देखिएका चुनौती बहुआयामिक प्रकृतिका छन्, जसलाई सूक्ष्म रूपमा नियाल्ने क्षमता र विज्ञताको खाँचो पर्छ ।
माछाको अस्तित्व रहन पानीको आवश्यकता भए जस्तै बेन्चको अस्तित्वका लागि बारको जरुरत पर्दछ ।
तनहुँ, बैशाख ९ गते । तनहुँको बन्दीपुर गाउँपालिका ४ ठुलोढुङ्गा नजिकै बन्दीपुर केबलकार परिसरमा रहेको परम्परागत घुमाउने घरु । स्थानीय स्वाद र परम्परागत सामग्रीहरूको संरक्षण गर्नु घुमाउने घर निर्माण गरिएको हो । मौलिकतासँग जोडिएका घुमाउने घर पछिल्लो समय लोप हुँदै गएका छन् । तस्बिरः रासस
बर्दिया, वैशाख ९ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको सनवोरा नदी छेउको झाडीमा बसेको स्वर्ग चरी (एसिएन प्याराडाइज फ्लाईक्याचर) । आगन्तकु प्रजातीको यो चरा बसन्त ऋतुमा गुँड लगाएर बच्चा हुर्काउनका लागि यहाँ आइपुग्ने गर्दछ । तस्बिरः रासस
म्याग्दी, वैशाख ९ गते । म्याग्दीको मङ्गला गाउँपालिका–५ हाडेभिरका कृषक थ्रेसर मेसिनको प्रयोग गरेर गहुँ भित्र्याउँदै । कृषि औजारको प्रयोगले कृषकहरुलाई श्रम, समय र लागत घटाएको छ । तस्बिरः रासस
सर्लाही, वैशाख ९ गते । ग्रामीण उद्यम तथा विकास आयोजनामा सोमबार बर्दिबासको रिड परियोजना अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–६ का कृषकलाई मौरीको घार वितरण गर्नुहुँदै हरिवन नगरपालिकाका उपप्रमुख हरिमाया घलान । तस्बिरः रासस
धनुषा, वैशाख ९ गते । धनुषाको मिथिला नगरपालिका–८ जमुनीबाँसस्थित राजमार्ग छेउमा बिक्रीका लागि राखिएको खरबुजा। व्यापारीले कमला नदीको बगर, किसानपुर, नौसय विघा, पटेर्वालगायत क्षेत्रका किसानबाट खरिद गरेका खरबुजा प्रतिकिलो ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्। तस्बिरः रासस
सुनसरी, वैशाख ९ गते । सुनसरीको वराहक्षेत्र मन्दिरस्थित सप्तकोसी र कोकाहा सङ्गममा सोमबार नदीमा नुहाउने क्रममा इटहरी बालग्रामका नवराज बास्तोला र जेनिस आचार्यको खेजी गर्दै गोताखोर । तस्बिरः रासस
इलाम, वैशाख ९ गते । इलामको माईजोगमाई गाउँपालिका–२ तुम्लिङबाट देखिएको कञ्चनजङ्गा हिमाल । आठ हजार पाँच सय ८६ मिटर उचाइमा रहेको विश्वकै तेस्रो अग्लो हिमाल हेर्न तुम्लिङ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । कोशी प्रदेश सरकारले फिक्कल–नयाँबजार सडक कालोपत्र गरेपछि पर्यटकलाई तुम्लिङ पुग्न सहज भएको हो । तस्बिरः रासस
मुस्ताङ, वैशाख ९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित डोल्पा जोड्ने पक्की मोटरेवल पुल र आसपासका क्षेत्र । पक्की पुल निर्माण भएपश्चात् ढोल्पा जानको लागि स्थानीयलाई सहज भएको छ । तस्बिरः रासस
नयाँ पुस्तालाई साहित्यमा जोड्न बाँकेमा क्याम्पसस्तरमा कविता वाचन तथा विमर्श कार्यक्रम सुरु गरिएको छ ।
काठमाडौँ, वैशाख ९ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८२ का लागि चार वटा नयाँ पात्रो [पञ्चाङ्ग] लाई स्वीकृति दिएको छ । समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र खगेन्द्रप्रसाद अधिकारीको कश्यप पञ्चाङ्गलाई यस वर्षदेखि प्रकाशन गर्नेगरी स्वीकृति दिएको हो । गत वर्षसम्म समितिको स्वीकृति लिएर प्रकाशित हुने पञ्चाङ्गको सङ्ख्या १४ थियो । विसं २०८१ मा स्वीकृति लिएर पनि दिव्यपुरुष ढकालको तारकेश्वर पञ्चाङ्ग प्रकाशन नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाश दर्शन, शशिधर जोशीको बगलामुखी, दामोदर जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ र नारायणप्रसाद नेपालको गौरीशङ्कर पञ्चाङ्ग विगतका वर्षदेखि समितिको स्वीकृति लिएर प्रकाशित हुँदै आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिलाई पञ्चाङ्ग [पात्रो], भित्तेपात्रो [क्यालेण्डर] प्रकाशनको स्वीकृति, चाडबाड एवं तिथिमितिको निर्णय र धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने काम समितिको गठन आदेश, २०७७ ले दिएको छ । सरकारले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी उक्त जिम्मेवारी दिएको हो । धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्नेगरी समितिको छुट्टै विधेयक मस्यौदा गर्नुपर्ने माग पनि यस क्षेत्रका अभियानकर्मीबाट हुँदै आएको छ ।