प्रहरीले विभिन्न व्यक्तिलाई फरक–फरक परिचय दिइ ठगी गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको छ ।
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी असारभित्रै भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँचको काम पुरा गर्न पालिकाका जनप्रतिनिधीहरुसँग आग्रह गर्नुभएको छ ।
औषधी व्यवस्था विभागले पिलपान र एसिटप नामका औषधी बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरेको औषधीको नमूना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाएकाले यस्तो निर्देशन दिएको हो ।
सहिद स्मारक ‘बी’ डिभिजन लिग खेलिरहेको सरस्वती क्लबले धिरेन्द्रबहादुर शाहलाई लिगमा लगाइएको प्रतिबन्ध आधारहिन रहेको र यसले खेलाडीको खेल्न पाउने अधिकारमाथि हनन भएको जनाएको छ ।
सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेकपा (एमाले)ले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई सोमबार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टोलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रजातान्त्रिक आन्दोलनमा महिलाले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभएको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिकादेखि आरुघाटसम्म पुग्ने अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्र सुरु भएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने पक्षमा नरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानुनी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
शिक्षक आन्दोलनमा आएका मनाङको एक शिक्षकको सवारी दुर्घटनामा परी निधन भएको छ । मनाङ जिल्ला नासोँ गाउँपालिका–८ ताचै निवासी मन घलेको निधन भएको हो ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-६ को जन्तरखानी ठडेमा स्थापना भएको प्रहरी पोस्टको नौ वर्षपछि आफ्नै भवन बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान गर्नुभएको छ ।
उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख ४५ हजार ७०२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
साविकको राप्ती अञ्चलभित्रका जिल्लाहरूमा आँखा स्वास्थ्य उपचार सेवा दिँदै आएको राप्ती आँखा अस्पतालमा विशिष्टकृत सेवा थपिएको छ ।