नेपाल पत्रकार महासङ्घ स्याङ्जाले प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक प्राविधिक सहयोगमा पोखरामा सञ्चालित अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकाससम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
नयाँ सडक क्षेत्रको सानो र आकर्षक उद्यान हो ‘भूगोलपार्क’ । काठमाडौँ महानगरपालिका–२२ मा पर्ने यो पार्क र न्यूरोड पिपलबोट जमघटका लागि चर्चित छन् ।
अटोमोबाइल दुर्घटनामा परेर मर्ने विश्वको पहिलो व्यक्तिका रूपमा मेरी वार्ड चिनिन्छिन् ।
भ्यालेन्टिना भासेलियभालाई गिनिज बुक अफ वल्र्ड रेकर्डले विश्वमा सर्वाधिक बच्चा जन्माउने महिला मानेको छ । उनले आफ्नो जीवनकालमा कुल ६९ बच्चा जन्माइन् ।
सीमावर्ती मटिहानी नगरपालिका जरलहवा टोलमा सशस्त्र प्रहरीले स्थानीयको सहभागितामा आइतबार आगलागीसम्बन्धी चेतनामूलक कार्यक्रम गरेको छ । मुस्लिम समुदायको घना ब
बागलुङमा ४५ प्रतिशत व्यक्ति अहिले पनि स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बिमा बोर्ड कार्यालय बागलुङको तथ्याङ्क अनुसार एक लाख १४ हजार ५३८ जना व्यक्ति बिमाको पहुँचभन्दाबाहिर छन् ।
मुस्ताङको ल्होमन्थाङ गाउँपालिकाको कोराला नाकाबाट सुरु भएको सफा मुस्ताङ अभियान शनिबार थासाङ गाउँपालिका–४, घाँसा काभ्रेभिरमा पुगेर समापन भएको छ । छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, दानासँग सिमाना जोडिएको स्थान हो ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा मानव पाइला पुगेको ७० वर्ष पुगेको अवसरमा आयोजित तीनदिने कञ्चनजङ्घा हीरक महोत्सव सकिएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँ
चालु आर्थिक वर्षको असारदेखि फागुन मसान्तसम्म ढोरपाटन सिकार क्षेत्रमा झन्डै १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । ढोरपाटन पुग्ने विदेशीभन्दा अधिकांश पर्यटक स्वदेशी छन् ।
कैलालीको गौरीगङ्गा नगरपालिकामा ९० लाखमा खर्च गरेर बनेको हर्बल पार्कको काम अलपत्र परेको छ ।