सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो।
बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध मङ्गलबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शिक्षक अन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।गत चैत २० गतेदेखि शिक्षक आन्दोलनकै कारण हुम्लामा २१ दिनदेखि सम्पूर्ण विद्यालयमा पठनपाठन ठप्प भएको हो।
न्युजिल्यान्डको सत्ता गठबन्धनको एउटा लोकप्रिय पार्टीले मङ्गलबार ‘क्यान्सरयुक्त सामाजिक इन्जिनियरिङ’ को विद्यमान ‘जागृत विचारधारा’ को निन्दा गर्दै पुरुष र महिलाको जैविक परिभाषा लागू गर्न कानुन प्रस्ताव गरेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८२ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।
नेकपा (एमाले) गौर नगर कमिटिको नवौँ नगर अधिवेशन वैशाख १८ गते हुने भएको छ । एमाले गौर नगर कमिटीको निर्णय अनुसार वैशाख १८ गते अधिवेशन हुने पालिका इन्चार्ज श्यामसुन्दर पटेलले बताउनुभयो ।
कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८,बन्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको मृत्यु भएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सब स्टेसन निर्माण सुरु गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगन्ज र नेपाल नेत्रज्योति सङ्घबिच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बिमामा अनावश्यक दाबी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक परीक्षण नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रचार गरेको छ ।
सुदूरपश्चिमका पहाडी गाउँमा चिउरी र तोरी पेल्न प्रयोग हुने ‘कोल’ लोप हुन थालेको छ । परम्परागत साधन लोप हुँदै गएपछि ग्रामीण भेगका चिउरी कृषकले समस्या खेप्नु परेको सुर्नया २ का मोहन बहादुर बिष्टले बताउनुभयो ।
खोटाङमा पहिलो पटक क्रिकेट खेल मैदान निर्माण गरिएको छ । जिल्लाकै पहिलो क्रिकेट मैदान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको काफ्लेगाउँमा निर्माण गरिएको हो ।
पूर्वपश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिका ८ घाग्रा पुलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।