चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ ।
नयाँ वर्षको पहिलो साता नेपाली चलचित्रले हलहरूमा आशालाग्दो व्यापार गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
एनसेल डाटा सेन्टर र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत भएको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवाप्रदायक र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत गरेको हो ।
पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न रु. एक खर्ब बराबरको अधिकृत पुँजी र रु. २५ अर्बको चुक्ता पुँजी रहने गरी वैकल्पिक विकास वित्त कोष स्थापना गर्न विधेयक संसद्मा दर्ता भएको छ ।
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ०१ पैसा र बिक्रीदर १३६ रूपियाँ ६१ पैसा कायम भएको छ ।
देशकै ठुलो तरकारी बजार कालीमाटीमा पछिल्ला दिनमा भित्रिएका ताजा तथा हरिया तरकारीमा विषादीको मात्रा अधिक प्रयोग भएको भेटिएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा हुनुहुन्छ ।
सल्यानदेखि सुर्खेत ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी पाइएको छ ।
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम सफा रहने बताएको छ ।
चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ ।
भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ भन्ने जानकारी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र काठमाडौँको सहकार्यमा मङ्गलबारदेखि उक्त सेवा अस्पतालमा पहिलोपटक सुरु भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेबाट हुने गरी पर सारेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केही दिन पर सार्ने भएको छ ।