कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।
जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उहाँका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गर्नुभयो ।
भगवान् गौतम बुद्ध एसियाका ज्योति तथा विश्वशान्तिका अग्रदूत हुन् । भगवान् गौतम बुद्धको जन्म भएको, ज्ञान प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन वैशाख शुक्ल पूर्णिमाका दिनलाई बुद्ध जयन्ती पर्वका रूपमा मनाइन्छ ।
जनकपुरधामको ऐतिहासिक गङ्गासागर पोखरीको पूर्वी डिलमा भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल रोक्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ ।
भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गर्नुभएको छ । उहाँका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गर्नुभयो ।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहत ११ अस्पताल र ११ आयुर्वेद कार्यालय छन् । लामो समयदेखि दरबन्दी, पूर्वाधार र उपकरण कम हुँदा समस्या झेल्दै आएका यी अस्पताल सरकारले स्तरोन्नति गर्ने भएको छ ।
वसन्त ऋतु लागेपछि नेपालको मध्य पहाड, उच्च पहाड तथा मध्य हिमाली क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको देख्न सकिन्छ ।
हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एिचपिभी) खोप लगाएका छन् ।
सुदूरपश्चिम प्रदेश भाषा, साहित्य, कला, संस्कृति र वेशभूषामा धनी छ । नौ जिल्लामा बाँडिएको यस प्रदेशको अछाम, बाजुरा, बझाङ र कैलालीलगायतका जिल्लामा नयाँ वर्ष फरक ढङ्गले मनाउने परम्परा रहेको छ ।
विद्युतीय सवारी साधनको प्रयोग अहिले बढ्न थालेको छ । प्रमुख राजमार्गहरुमा फाट्टफुट्ट गुड्ने विद्युतीय सवारी साधनको सङ्ख्या अहिले बढ्दै गएको छ ।
स्थानीय सरकारसँग बालबालिकाले बाल कचहरीबाट समस्या राख्ने गरेका छन् । छेडागाड नगरपालिकाका बालबालिकाले बाल कचहरीका माध्यमबाट सरोकारवालासग खुलेर समस्या राख्ने गरेका हुन् ।
भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ध्यानाकर्षण गराएको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाको तयारी गरिएको छ । गाउँपालिका भित्रका १५ महिना भित्रका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण गरिएपछि सरावललाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणाको तयारी गरिएको हो ।
गुल्मीको इस्मा गाउँपालिका–४, कोटकोटेरी आगलागीले ध्वस्त भएको वैशाख ८ गते वर्ष दिन पुग्यो तर सोही गाउँका अग्निपीडित सुन्दरलाल विकको घर आधा मात्रै बनेको छ । ब
सङ्घीय सरकारले पाँचथरको फिदिम नगरपालिका १ र ११ लाई सिमाना छुट्याएर बग्ने फेमे खोला दोभानमा हाल्न बेलिब्रिज उपलब्ध गराउने भएको छ ।