अध्ययन तथा रोजगारीको सिलसिलामा युकेमा रहेका बागलुङका गलकोटेहरूले जन्मभूमिको नगर अस्पताललाई ७ लाख रुपियाँ बराबरको फिजियोथेरापी मेसिन सहयोग गरेका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ को घोषणा गरेको हो ।
चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न रु दस–दस लाख रकम उपलब्ध गराउने भएको छ ।
सन् २००० पछि कश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछि बुधबार कश्मीरमा भारतीय सुरक्षा बलले ठुलो खोजी अभियान सञ्चालन गरेको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा भेरी अस्पतालको स्तरीय सेवाप्रति आम नागरिकको आशा र विश्वाससमेत बढ्दै गएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।
केही वर्ष पहिला विद्यार्थी विद्यालय पुग्थे, किताब आइपुग्दैनथ्याे । अहिले किताब पहिले आइसक्यो, विद्यार्थी विद्यालय नै पुगेनन् ।
वर्षको दुई पटक मनाङमा विदेशी पर्यटकको आगमनभन्दा बढी हुने गरेको छ । शरद् ऋतु र वसन्त ऋतु पर्यटकका लागि उत्तम मानिन्छ । वर्ष २०८१ मा ३३ हजार ६५२ पर्यटकले मनाङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्कले देखाउँछ ।
ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ ।
जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ वर्ष अघि गरेको एउटा प्रतिबद्धता पूरा हुन नसकेको पाइएको छ ।
सुनको मूल्य तोलामा रू सात हजार ५०० घटेको छ । मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर रू एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी –७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गर्नुभएको छ । उहाँ आज राति भारत फर्कनुहुनेछ ।
वनमा लागेको डढेलो बस्तीमा पस्दा पाल्पामा एक घरगोठ जलेर नष्ट भएको छ । मङ्गलबार निस्दी गाउँपालिका–१, बाकामलाङ जुरेडाँडामा स्थानीय दिलबहादुर सारुको घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सुचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत गरेको हो ।