काठमाडौँ, वैशाख ११ गते । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।”निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो । जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ । राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पु¥याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ । विसं २०६२÷६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
पछिल्लो समय कृषि क्षेत्रमा व्यावसायिक लगानी गर्ने कम हुँदै गएका छन् । यस क्षेत्रमा लाग्नेभन्दा छोड्नेको सङ्ख्या बढिरहेका बेला धुर्कोट गाउँपालिका–५ को वस्तु गानटारीमा नौ जना युवाले सामूहिक कृषि सपना अगाडि बढाएका छन् ।
पाँच वर्षमा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या १५५ बाट १०७ मा झरेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार २०७७ असार मसान्तमा १५५ वटा रहेका बैङ्क तथा वित्तीय संस्था चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तमा १०७ म झरेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा धानचामल आयात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म ३२ अर्ब १२ करोड रुपियाँको धानचामल आयात भएको छ ।
स्वास्थ्य बिमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अस्पतालमा हुने अनावश्यक परीक्षण कटौती गरी आम्दानी बढाउने उपाय सुझाएको छ ।
सङ्घीय संसद्को माथिल्लो सदनले बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनको मापन गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार शिक्षकका माग सम्बोधन गर्न सकारात्मक रहेको बताउनुभएको छ । मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकका माग सम्बोधन गरिने बताउनुभएको हो ।
संवैधानिक निकाय लोक सेवा आयोगले दिएको फरक फरक लिखित रायका कारण संसद्मा विचाराधीन सङ्घीय निजामती विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेरहदको विषय थप पेचिलो बनेको छ ।
सिराहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदी तर्न हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलचालकले ४० रुपियाँ तिर्नुपर्ने बाध्यता छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संशोधित समयतालिका बुधबार सार्वजनिक गरेको छ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने ठूला पार्टीका नेताहरूले देशलाई द्वन्द्वमा धकेल्ने प्रयासलाई निस्तेज पार्नपर्छ र गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसने बताएका छन् । उनीहरूले संविधान र गणतन्त्रको रक्षाका एकजुट भएर लाग्नुपर्नेमा जोड पनि दिए ।
स्थानीय सरकारको निरन्तरको दबाबपछि तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गर्न लागिएको मोटरेवल पुल (मोटर गुड्ने पुल) को कामलाई तीब्रता दिइएको छ। ठेक्का लागेको सात वर्ष बितिसक्दा पनि पुल निर्माणमा ध्यान नदिएको निर्माण कम्पनीले भर्खरैदेखि कामलाई तीब्रता दिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गर्नुभएको छ। मंगलबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति कार्यालयमा बुधबार भेट गर्नुभएको हो।
काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव ल्याइने व्यवस्था भएको हो।
सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।