गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् जस्तो मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको विषयमा प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्न हरदम तयार रहेको बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण दुःख, कष्ट झेलिरहेका थामे क्षेत्रका बासिन्दालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि ‘कोर क्याम्प’ सञ्चालन गर्ने भएको छ ।
गुल्मीमा गरिब परिचयपत्र वितरण सुरु भएको छ । जिल्लामा अति गरिब परिवार एक हजार ९३३, मध्यम गरिब परिवार दुई हजार ६१० र सामान्य गरिब परिवार दुई हजार ५५९ गरेर सात हजार १०२ परिवार रहेका छन् ।
एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मङ्गलबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
सेवाग्राहीलाई सहज र सेवा छिटो उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय बाँकेमा विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सेवाग्राहीको बढी चाप हुने शाखामा टोकन प्रणालीको सुरुवात गरिएको जानकारी दिनुभयो ।
एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत हुने पहिलो नेपाली कम्पनी बनेको छ। सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत गरेको हो।
दाङमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्गको करिब ७५ प्रतिशत काम सकिएको छ ।
मकवानपुर प्रहरीले २२५ बोतल लागुऔषध अनरेक्ससहित सुमो र चालकलाई नियन्त्रणमा लिएको छ।
ताप्लेजुङको पाथीभरा सडक खण्डमा लत्रिएको विद्युतको तारका कारण करेन्ट प्रवाह भई सवारी साधनमा भएको आगलागी घटनामा परी मृत्यु भएका चार जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ। प्रहरीका अनुसार मृतकका शव जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो।
भीरकोट नगरपालका वडा नं. –१ मा आँधीखोला किनारमा एक जना पुरुष मृत भेटिएका छन् । स्थनीय ६० वर्षीय तेजबहादुर भाट क्षेत्री आँधीखोला कनारमा मृत भेटिनुभएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताउनुभयो ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुनपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गर्नुभयो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । मङ्लबार नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो ।
गुल्मीको सदरमुकाम तम्घासमा जारी दोस्रो गुल्मी महोत्सवको ८ नम्बर स्टलमा कृषि उपज बिक्रीवितरणका लागि राखिएको छ। जिल्लामा उत्पादित कृषि उपजको बजारीकरण र प्रवद्र्धनका लागि आयोजक गुल्मी चेम्बर अफ कमर्सले निःशुल्क स्टल उपलब्ध गराएको छ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर पाल्पाको विद्युत आपूर्ति व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।