प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), वैशाख ९ गते । नेकपा (एमाले) गौर नगर कमिटिको नवौँ नगर अधिवेशन वैशाख १८ गते हुने भएको छ । एमाले गौर नगर कमिटीको निर्णय अनुसार वैशाख १८ गते अधिवेशन हुने पालिका इन्चार्ज श्यामसुन्दर पटेलले बताउनुभयो ।
चैत २७ गते सुरु भएको नेकपा एमाले गौर नगरको ९ वटै वडाको अधिवेशन वैशाख ८ गते सम्पन्न भएको पालिका इन्चार्ज पटेलले जानकारी दिनुभयो ।
नेकपा एमाले रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले नगर अधिवेशन भव्यताका साथ सम्पन्न गर्न तयारीमा जुट्न निर्देशन दिनुभयो । जिल्ला इन्चार्ज गुप्ताले भन्नुभयो, ‘‘एमालेमय गौर अभियान साकार पार्न जनतासँग प्रत्यक्ष जोडिने काममा सबै जना लाग्नुहोस् ।’’ नगर अधिवेशन पार्टी कार्यालय गौरमा हुने पार्टीले जनाएको छ ।