चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ८ गते । ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका विदेशी पर्यटकको उद्दार गरिएको छ ।
प्रहरीका अनुसार लेक लागेर घाइते हुनुभएका दुई जना पर्यटक फ्रान्सेली नागरिकको उद्दार गरिएको हो ।ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार लेक लागेर घाइते हुने पर्यटकमा फ्रान्सेली नागरिक ४९ वर्षीय रज्जुक कैस र ७२ वर्षीय एन्जल मिसेल रहनुभएको छ ।
लेक लागेर घाइते हुनुभएका उहाँहरूलाई मनाङ एयरको हेलिकोप्टरमार्फत सोमबार उपचारका लागि काठमाडौं लगिएको प्रनाउ रावलले जानकारी दिनुभयो । रावलका अनुसार उहाँहरू गएको बुधबार कञ्चनजङ्घा आधार शिविर जानुभएको हाे ।
कञ्चनजङ्घा भ्रमणका क्रममा शनिबार लेक लागेर स्वास्थ्यमा समस्या आएपछि उहाँहरू फर्किएर फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सास्थित जोङ्गा फेमेली गेस्ट हाउसमा आएर आराम गर्नुभएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उपचारका लागि हेलिकोप्टरमार्फत उहाँहरुलाई उहाँहरूलाई काठमाडौँ लागिएको प्रहरीले जनाएको छ ।