समृद्धि महर्जन र जेनी खड्का ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
संघीय प्रणलीविरुद्ध अनेकन भाष्य र प्रश्न खडा गरिएका बेला मधेश प्रदेश भौतिक पूर्वाधार विकाश मन्त्रालयले संङ्घीयतामा पूर्वाधार विकाशको महत्व, सम्भावना र चुनौती विषयलाई समेटेर सोमबार बर्दीबासमा ‘अन्तर प्रदेशीय एकता र भिन्नता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
राजीवविक्रम शाहको संयोजकत्वमा १७ सदस्यीय नेपाल एथलेटिक्स सङ्घ, तदर्थ समिति गठन गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जनाएको छ ।
विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
दाङमा रातो केराको खेती सुरु भएको छ । ‘सुगर फ्री’ रूपमा चिनिने यो केराको खेती तुलसीपुर उपमहानगरपालिका –१७ मा रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा केरा खेती सुरु गरिएको हो ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबिच सोमबार भेटवार्ता भएको छ ।
मनोरञ्जनात्मक क्षेत्रमा कार्यरक्त श्रमिक महिलाहरूको संरक्षण र व्यवस्थित गर्नका लागि कानुनको आवश्यकता परेको सरोकारवाला निकायले जोड दिएका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन आगामी मङ्सिरमा हुनुपर्ने भए पनि कोही पदाधिकारी नबोलेको बताउनुभएको छ ।
नगरपालिकाले विद्यालयमा भर्ना अभियान र पठनपाठन सुचारु गर्न परिपत्र गरेपछि लमजुङको मध्यनेपाल नगरपालिकामा विद्यालयहरू खुल्न थालेका छन् ।
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ आयोजना गरिएको छ ।
मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्यसमिति रौतहटले रौतहट जिल्ला अदालत गौर अगाडि धर्ना दिएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलका लागि ३० जना प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानुन समय सापेक्ष परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।