गुल्मीमा डेढ करोडभन्दा बढी लगानीको हाटबजार अहिले सवारी पार्किङ र विद्युतका पोल राख्नेमा प्रयोग भएको छ । सदरमुकाम तम्घासस्थित चारीखोलामा रेसुङगा नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजार सवारी साधन र विद्युतका पोल राख्ने कार्यमा प्रयोग भएको हो ।
निजी क्षेत्रको अगुवाईमा जुम्लामा १० दिने औद्योगिक महोत्सव सुरु भएको छ । सदरमुकाम खलङ्गामा प्रादेशिक कृषि पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको हो ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुलचुकका भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिएको छ । आइतबार धार्चे गाउँपालिका–१ हुलचुकका चार घरधुरी भूमिहिन दलितलाई भूमि समस्या समाधान आयोग गोरखाले जग्गाको लालुपुर्जा वितरण गरेको हो ।
जलविद्युत कम्पनीहरूको महिनौँदेखि सेयर निष्काशन गर्न पाएका छैनन् । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई दिएको निर्देशन देखाउँदै बोर्डले विगत २१ महिनादेखि जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्काषन (आइपीओ) तथा हकप्रद सेयरको अनुमति दिएको छैन ।
घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको ३४औँ खेलमा टोट्टनहामलाई ५–१ गोलले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार लागेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
भूमि समस्यामा रहेका नौ सय ८१ जनाले निवेदन पेस गरेका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिमा उक्त निवेदन दर्ता भएको हो ।
तराई–मधेश हुलाकी राजमार्ग जागरण अभियानका लागि नेकपा (माओवादी केन्द्र) का नेता कैलाली आउने क्रम सुरु भएको छ ।
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणसम्बन्धी सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सोमबार जनकपुरधाममा सुरु भएको छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताउनुभयो ।
बाजुराको कर्णाली नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ रुकुम बस्ने वर्ष अन्दाजी २७ का नरेन्द्र परियार रहेका छन् ।