नेपालमा छ हजारभन्दा बढी खोला, खोल्सी तथा नदीनाला रहेका छन् ।
काठमाडौँ, वैशाख १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकलगायतका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह विरुद्ध रु २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको छ । त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साह विरुद्ध पनि रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दाबी गरिएको छ । माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र लेखा अधिकृत अमरदीप महतो विरुद्ध पनि समान रु २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरिएको छ । सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित विरुद्ध रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दावी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । सोही मुद्दामा आयोगले फरक फरक रुपमा विभिन्न चार वटा मुद्दा दायर गरेको छ । आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित समेत १५ जना र हस्पिटेक प्रालिका विरुद्ध रु १९ करोड ४६ लाख १३ हजार एक सय २० बराबरको बिगो माग दाबी गरेको छ । मधेश प्रदेशका विभिन्न ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि खरिद गरिएको उपकरणमा पनि चरम भ्रष्टाचार भएको भन्दै आयोगले रु पाँच करोड एक लाख ९० हजार ८० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशभन्दा ठुलो कुनै एक संस्था नहुने बताउँदै अबको एक सातामा नेपालको कानुन अनुसार दर्ता नभए मेटालाई प्रतिबन्ध लगाउने बताउनुभएको छ
‘मातृ देवो भव’ तैत्तिरीयोपनिषद, शिक्षाध्याय ११ मा आमालाई भगवान्को स्थान दिनुपर्ने उल्लेख गरिएको छ ।
निर्माता भूगोलकुमार कार्की अभिनीत ‘दुरी मलाई हुनु छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
प्राडा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो ‘जीवन यो रहेसम्म’ सार्वजनिक भएको छ ।
मुलुकबाट समग्र वस्तुको निर्यात बढिरहेका बेला चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ ।
विप्रेषण, अन्तर्राष्ट्रिय व्यापार, विदेशी मुद्रा सञ्चिति, पर्यटक आगमन जस्ता बाह्य सूचक सुदृढ भए पनि आन्तरिक रूपमा शिथिलता बेहोरेको अर्थतन्त्रले गति लिन थालेको अर्थ मन्त्रालयले जनाएको छ ।
बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क आइतबारदेखि ७० औँ वर्षमा प्रवेश गरेको छ ।
यस वर्ष आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी) मा फलफूलको व्यापार ३० प्रतिशतले घटेको व्यवसायीले बताएका छन् । नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँका अनुसार गत वर्षको तुलनामा यस वर्ष फलफूलको व्यापार ३० प्रतिशतले घटेको हो ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
जलवायु परिवर्तनले पर्वतीय क्षेत्रहरूमा परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबिच गरिने सगरमाथा संवादको ब्यानरसहितको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फरफराउने भएको छ ।
संशोधनका लागि प्रस्ताव नगरिएको असम्बन्धित कानुन संशोधनको विवादबाट संसदीय समिति पछाडि हटेको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।