गत वर्षको विद्रोहपछि उत्सुकताका साथ प्रतीक्षा गरिएको चुनावका लागि समर्थन जुटाउँदै प्रतिद्वन्द्वी समूहहरूले ढाकामा सामूहिक प्रदर्शन गर्ने तयारी गर्दै बिहीबार बङ्गलादेशमा तीन दिने राजनीतिक र्यालीहरू सुरु भएका छन् ।
लहान नगरपालिका–१७ हरिपुर एकरतियामा स्थानीयहरूले सामाजमा शान्ति ल्याउन रामजानकी मन्दिर निर्माणको काम सुरु गरेका छन् ।
पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको आलोचना गर्नुभएको छ ।
यहाँको ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । सङ्घीय सशर्त अनुदान अन्तर्गत रु तीन करोड ८५ लाख ९३ हजार लागतमा पुल निर्माण सुरु गरिएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि टाढा धाउनु पर्ने तथा पालो कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
बालबालिकालाई कला, संस्कार, परम्परा चिन्न र चिनाउन संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिएको छ ।
जाजरकोट जिल्लाका खगेन्द्र विक उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, छोसेरमा रहेको दिव्यदिप माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । भूकम्प प्रभावित परिवारका सदस्य विक आफन्तको सहयोगमा मुस्ताङ पुग्नुभएको हो ।
नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।
यहाँको एक स्थानीय तहले गोरेटो बाटो मर्मत गरी श्रम दिवस मनाएको छ । छेडागाड नगरपालिका–१२ स्थित मनघाटको प्रशासनिक केन्द्र आउजाउ गर्ने बाटो मर्मत गरी १३६ औँ श्रमिक दिवस मनाएको हो ।
स्पेनिस महारथि बार्सिलोना र इटालियन टोली इन्टर मिलानले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा बराबरी खेलेका छन् ।
धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट रातिको समयमा अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय धनुषाले तीनवटा ट्याक्टरसहित तीन जनालाई पक्राउ गरेको छ ।
दोलखाको तामाकोसी गाउँपालिकामा निःशुल्क स्त्री रोग तथा महिला प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तामाकोसी गाउँपालिकाको आयोजनामा मङ्गलबार र बुधबार दुई दिने सञ्चाल गरिएको शिविरमा ३४३ जना महिला लाभान्वित भएका छन् ।
बागलुङ नगरपालिका वडा नं. ४ को उपल्लाचौरवासीले चन्दा सङ्कलन गरेर सामुदायिक काजक्रिया भवन निर्माणका छन् । स्थानीय र प्रवासी नेपालीबाट सहयोग जुटाएर २३ लाख रुपियाँको लागतमा तीन कोठे भवन निर्माण गरिएको हो ।
रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि गत बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।
नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।