• १८ वैशाख २०८२, बिहिबार

रामजानकी मन्दिर निर्माणको काम सुरु

blog

लहान –१७ हरिपुर एकरतियामा रामजानकी मन्दिर निर्माणको काम सुरु गर्न लहानका नगर प्रमुख महेशप्रसाद चौधरी । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, वैशाख १८ गते । लहान नगरपालिका–१७ हरिपुर एकरतियामा स्थानीयहरूले सामाजमा शान्ति ल्याउन रामजानकी  मन्दिर निर्माणको काम सुरु गरेका छन् ।  

मन्दिरको शिलान्याश गर्दै लहान नगर प्रमुख महेशप्रसाद चौधरीले सामाजिक एकता र समाजमा शान्ति बनाइ राख्न स्थाीयहरूले गरेको मागअनुसार नौ लाखको लागतमा मन्दिर निर्माणको काम सुरु गरेको बताउनुभयो ।

‘भौतिक र अध्यात्मिक विकाससँगै सामाजिक जागरणका लागि समेत सबै समुदायले आपसी एकता कायम राख्न यो मन्दिर निर्माण गर्न लागेका छौंं । यस वडामा लहान नगरपालिकाले शिक्षा स्वास्थ्य खानेपानी सडक निर्माण कार्यलाई गति दिएको छ’ उहाँले भन्नुभयो । 

गाउँको पुरुषहरू वैदेशिक रोजगारमा गएकोले गाउँको विकास, सामाजिक कार्य र आय आर्जनका कामहरू गर्न समेत महिला समूहहरू सक्रिय भइरहेको स्थानीय अगुवा अनिता चौधरीले सुनाउनुभयो । मन्दिर निर्माण भएपछि गाउँको स्वच्छता अभियानलाई अघि बढाउन सामाजिक कार्यहरू गर्न सामुहिक निर्णयहरू गर्न समेत मन्दिर परिसरमा बसेर निर्णय गर्न मन्दिर निर्माण गर्न लागेको उहाँले प्रष्टयाउनुभयो ।

हरिपुर एकरतियाका महिलालाई आत्मनिर्भर बनाउन अगरवत्ति मैनबत्ती लहठी चुरा र गुन्द्रुक बनाउने सीपका लागि समेत तालिम सञ्चालन गर्ने सोचमा रहेको स्थानीय महिलाहरू मन्दिर शिलान्यास स्थलमा नगर प्रमुख महेशप्रसाद चौधरीको ध्यानआकर्षण गराउँदै आवश्यक तालिम र बिउ पुँजीको लागि लहान नगरपालिकाले सहयोग गर्नुपर्ने माग गर्नुभयो । 

राम मन्दिर निर्माणलगतै स्थानीय महिलाले सामाजिक स्वच्छता कार्यक्रम अन्तर्गत सडक सरसफाइ, सामुदायिक विद्यालयको सुधार र सामुदायिक वनको संरक्षण लगायको कार्यक्रम गर्ने स्थानीय महिलाले विश्वास व्यक्त गर्नुभयो ।