पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)लाई आवश्यक स्रोतसाधन उपलब्ध गराएर अझ सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
विनयी त्रिवेणी गाउँपालिका सर्दीका यादव पौडेललाई केही समय पहिलेसम्म सर्दीबाट दुम्किबाससम्म आउजाउ गर्न कम्तीमा ४५ मिनेटदेखि एक घण्टा समय लाग्थ्यो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको पालिका कमिटी अध्यक्षमा दिनेश पौडेल चयन हुनुभएको छ ।
मोरङको रतुवामाई नगरपालिकाले नगरक्षेत्रका मोचीहरूलाई बिहीबार सम्मान गरेको छ । रतुवामाई ७ स्थित सिंजुवा स्वास्थ्य चौकी परिसरमा सडक किनारमा बसेर जुत्ता चप्पल, छाता, टर्च लगायतका सामग्री मर्मत गर्ने नौ जना मोचीहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्मान गरिएको हो ।
कैलालीमा विपद्का बेला समुदायको प्रयोगका लागि बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण गरिएको छ ।
विभिन्न माग राख्दै सुदूरपश्चिम प्रदेश सभामा विरोध जनाएको प्रतिपक्षी दलले यथास्थितिमा सभाको छैटौं अर्थात् बजेट अधिवेशन चल्न नदिने अडान लिएका छन्। प्रतिपक्षीले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै प्रतिपक्षीले यथास्थितिमा बजेट अधिवेशन चल्न नदिने बताएका हुन।प्रतिपक्षीको अडान यथावत रहेकाले सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशन अन्योल बनेको छ।
प्रधामन्त्री रोजगार कार्यक्रम ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै आएको छ । गाउँका सार्वजानिक स्थलहरूको सरसफाइदेखि विकास निर्माणको कामसम्म रोजगारमा खटिएकाहरुले काम गर्दा कार्यक्रम प्रभावकारी बनेको हो ।
‘मेरा काका चाउ एनलाई’ को नेपाली संस्करण पुस्तक विमोचन गरिएको छ । बेल्ट एन्ड रोड पुस्तकालयमा बुधबार ‘माइ अंकल चाउ एनलाई’ को नेपाली संकरण ‘मेरा काका चाउ एनलाई’ पुस्तक विमोचन गरिएको हो ।
सभामुख देवराज घिमिरेले लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउन चुनौतीहरू देखिएको बताउनुभएको छ । बिहीबार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बिहिबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई पाँच विकेटले हरायो । फाइनलमा पुलिसले शनिबार त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
झण्डै एक महिनापछि शिक्षकहरूको आन्दोलन सकिएसँगै बिहीबारदेखि सुनसरीको सामुदायिक विद्यालयमा विधार्थी भर्ना अभियान सुरु भएको छ ।
तनहुँको व्यास नगरपालिका क्षेत्रको मादी नदी, दमौली बजार र वरपर ड्रोनबाट देखिएको दृश्य ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरी तीव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गर्नुभएको छ ।
गुल्मीमा रेविज रोगको जोखिम बढ्दै गएपछि कुकुरहरूको स्थायी बन्ध्याकरण थालिएको छ । जिल्लाका चार स्थानीय तहका ४०९ छाडा तथा सामुदायिक भाले एवंम पोथी कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।