वीरगन्ज महानगर–१५ भिष्वाका वीरेन्द्र महतोलाई दुई दशक अघिसम्म वीरगन्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नुपर्दैन्थ्यो । चोक–चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तब्यमा पु¥याउनको लागि भ्याइनभ्याई हुने गथ्र्यो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्नुभएको छ ।
कालीकोटको रास्कोट नगरपालिका–८ मा निर्माणाधीन स्वास्थ्य भवन अलपत्र परेको छ । सुरक्षित सुत्केरी गराउन निर्माण सुरु भएको वडा ८ को बर्थिङ सेन्टर निर्माण सम्पन्न नहुँदै अलपत्र परेको हो ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई बिहीबार उहाँको मार्सल ल घोषणामाथि अधिकारको दुरुपयोगका लागि थुनाबिना अभियोग लगाइएको अभियोजकहरूले बताएका छन् । यसले महाभियोग लगाइएका पूर्व राष्ट्रपतिको कानुनी खतरा थप बढाएको छ ।
कावासोतीमा अटिजम केयर सेन्टर स्थापना गर्न अभिभावकहरूले माग गरेका छन् । कावासोती नगरपालिकाको आयोजनामा भएको अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकका लागि अपाङ्गता अधिकारसम्बन्धी सचेतना कार्यक्रममा सहभागी भएका अभिभावकहरूले कावासोतीमा अटिजम केयर सेन्टरको एकदमै खाँचो रहेको समेत औँल्याएका छन् ।
शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो ।
हिन्दु तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुुक्तिनाथ मन्दिरमा लेक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिएको छ ।
एक हप्ते भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतका अध्यात्मिक नेता महात्मा गान्धीको समाधिमा माल्यार्पण गर्नुभएको छ ।
नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोग सदस्य एवम् संविधानसभा सदस्य देवराज भारले मजदुर र श्रमिकले अझ धेरै हक अधिकारका लागि लड्न बाँकी रहेको बताउनुभएको छ ।
जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरूले बताएका छन् । उनीहरूले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमीक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् ।
ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो याम (फागुन–वैशाख) मा ११ नाउर र सात झारलको सिकार भएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन हुनुहुन्छ । विगत छ वर्षदेखि उहाँ मौरीपालन व्यवसायमा लाग्नुभएको हो ।
चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिनुभयो ।