• १८ वैशाख २०८२, बिहिबार

प्रधानमन्त्रीद्वारा कोशी लगानी सम्मेलनको उद्घाटन

blog

प्रधानमन्त्री केपी शर्मा ओली कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्नुहुँदै । तस्बिर:प्रधानमन्त्रीको सचिवालय

विराटनगर, वैशाख १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्नुभएको छ ।

नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा कोशी लगानी सम्मेलनको उद्घाटन गर्नुभएको हो । सम्मेलनमा  प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुभएको छ ।