प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमूलक जनशक्ति रोजगारीमा जोडिए मात्रै समृद्ध नेपाल सम्भव रहेको बताउनुभएको छ ।
गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको छ ।
कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुुभएको छ ।
चट्याङजन्य प्रकोपको उच्च जोखिममा रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङको पूर्वसूचना दिने प्रणाली जडान गरिएको छ । पिपुल इन निडको आर्थिक सहयो
विराटनगर महानगरपालिकामा चार हजार घरबाट निस्केको ढल ट्रिटमेन्ट प्लान्टसम्म पु¥याएर प्रशोधन हुन थालेको छ । विराटनगर–१४ स्थित फोहोर पानी तथा ढल प्रशोधन केन्द्रमा नगरका चार हजार घरको शौचालयसहित फोहोर पानी
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र पर्ने रेलवे ट्र्याक वारिपारिका सडक लामो समयदेखि अव्यवस्थित हुँदा स्थानीय यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । जनकपुरधामस्थित पिडारी चोक, मुख्यमन्त्री कार्यालयअगाडि, बेङ्गा सडकखण्ड, मिल्स एरिया, कुर्था सडकखण्ड र थापा चोकमा पर्ने रेलवे ट्र्याक वारिपारिका सडक अव्यवस्थित तरिकाले निर्माण गरिएका हुँदा दैनिक यात्रा गर्ने ई रिक्सा, साना सवारीसाधन, तीनपाङ्ग्रे
रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।
सङ्घीयतापछि ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा चुलिएको छ । नारा अनुसार आफ्नै घरगाउँबाट जनताले सेवा सुविधा पाएका छन् । नागरिकमा सेवा प्रवाह गर्न स्थानीय तहले गच्छे अनुसारका प्रशासनिक भवन बनाएका छन् ।
अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक अवरुद्ध हुन थालेपछि तातोपानी नाकाबाट राजधानी जान लागेका मालवाहक गाडी, यात्रुवाहक गाडी, साना–ठुला सवारी साधन बिच बाटोमै रोकिन थालेका छन् ।
मुस्ताङ, वैशाख १८ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ मा पर्ने पाक्लिङ गाउँ र मुस्ताङ(डोल्पा जोड्ने सडक । पृष्ठभूमिमा पाक्लिङ गाउँको उवा र फापर खेत । तस्बिरः रासस
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेश द्रुतमार्ग धमाधम निर्माण भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको चैत मसान्तसम्मको भौतिक प्रगति ३९.३४ प्रतिशत रहेको नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
वालिङ नगरपालिका–१४ की ३६ वर्षीय गोलमाया परियार १७ महिनाकी छोरीकी आमा हुनुहुन्छ ।