सार्वजनिक सम्पत्तिको निजी प्रयोग नै भ्रष्टाचार हो ।
सााहित्यकार वसन्तश्री लिखित खण्डकाव्य ‘भोट’ प्रकाशित भएको छ । राजनीति सिद्धान्तभन्दा पनि भोट (मत) केन्द्रित भइरहेको कुरालाई खण्डकाव्य भोटमार्फत उजागर गरिएको छ ।
साहित्यकार सीता पाण्डेको एकल कविता वाचन सम्पन्न भएको छ । कार्यक्रममा कवि पाण्डेसँगै शैलेन्द्र साकार, डा. सृजना शर्मा, सुशीला शर्मा र यशोदा अधिकारीले समेत पाण्डेका कविता वाचन गर्नुभएको थियो ।
दीपेन्द्र के खनाल भावना र सम्बन्धमा डुबेर चलचित्र बनाउनेमा परिचित हुनुहुन्छ ।
पशुपति क्षेत्र विकास कोषले बलिउड कलाकार, खेलाडीसँगै राजनीतिक दलका नेतालाई पनि भगवान् पशुपतिनाथको दर्शनका लागि आमन्त्रण गरेको छ ।
एनसेलले भैरहवामा बिहीबारदेखि ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे बिहीबार प्रदेशका पालिकासँग छलफल गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयास गरिरहेको बताउनुभएको छ ।
मकवानपुरमा रहेको कुलेखानी जलविद्युत् आयोजना विद्युत् अधिक माग हुने समयमा पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद निरूपणमा विद्युत् नियमन आयोगले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । आयोगको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यो विवाद अब छिट्टै टुङ्गिनुपर्ने पनि बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिना र अपचलनमा संलग्न एक कर्मचारीलाई बर्खास्त गरेको छ । कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार ३६ लाख ५० हजार ९५५ रुपियाँ हिनामिना गर्ने लेखापाल ईश्वरबहादुर दवाडीलाई बर्खास्त गरिएको हो ।
राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) खरिद प्रणालीमा अनियमिततासम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
भारत र पाकिस्तान सुरक्षाकर्मीविच जम्मु, पठानकोट र ऊधमपुरमा दोहोरो भिडन्त भएको छ । भारतीय गृहमन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तानको तर्फबाट सो क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण भएपछि भारतले जवाफी आक्रमण गरेको छ ।
कौटिल्य ग्लोबल स्कुल सुबिधानगर तिनकुनेस्थित बिद्यालयका कक्षा ७ मा अध्यनरत विद्यार्थीले आकृष्ट कडेलको जन्मदिनमा बिरुवा रोपेर जन्मदिन मनाएका छ्न्।
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका –२, का २६ वर्षीय प्रभाकर यादव रहनुभएको छ ।