राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरूलाई राष्ट्रपति निवास शीतल निवासमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्वागत गर्नुभएको छ ।
गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको स्पष्ट पार्नुभएको छ ।
कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरमा भएको निसर्ग हस्पिटल पाँचौँ भजहर कप फुटबल प्रतियोगिताको उपाधिगौरीगङ्गा–११ स्पोर्टस क्लबले जितेको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई एक–एक थान ल्यापटप प्रदान गरेको छ। फुङ्लिङ नगरपालिकाभित्रबाट २०८१ को एसइईमा सर्बोत्कृष्ट नतिजा ल्याउन सफल एक छात्र र एक छात्रालाई ल्यापटप कम्प्युटर प्रदान गरी सम्मान गरिएको हो।
मकवापुर प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा र नाइट्रोभेटसहित तीन जनालाई पक्राउ गरेको छ ।
नेकपा (एमाले) कोशी प्रदेश समितिले ताप्लेजुङका पूर्व अध्यक्ष बलबहादुर साम्सोहाङलाई कारबाही गरेको छ। कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका साम्सोहाङ र युवा नेता मणिशङ्कर पोमुलाई पार्टीले कारबाही गरेको हो।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमन सिंहले प्राप्त अधिकारको रक्षा गर्न सबैले संवेदनशिल भएर सोच्न आग्रह गर्नुभएको छ ।
मकवानपुर र काठमाडौँ जोड्ने चित्लाङ–थानकोट सडक तीन दिनका लागि बन्द गरिएको छ। सडक डिभिजन काठमाडौँले सडक कालोपत्रेका क्रममा तीन दिनका लागि बन्द गरिएको जनाएको छ।
पूर्वाधार विकास कार्यालय तनहुँले भत्काएर पुर्ननिर्माणका लागि निर्देशन दिएपछि व्यास नगरपालिकाको वडा नम्बरको–३ देउरालीनगर, बिसघरे र वडा नम्बर १ को भादगाउँ, विज्ञानचौर जोड्ने बुल्दी खोलामा निर्माणधीन पुल ठेकेदारले भत्काएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने बताउनुभएको छ ।
प्रजातन्त्र सेनानी पूर्वमन्त्री सूर्यमान गुरुङको सम्झाना गरिएको छ । लोकतान्त्रिक आन्दोलनका एक अगुवाका रुपमा परिचित व्यक्तित्व नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका गुरुङको बिहीबार प्रथम स्मृतिसभा आयोजना गरी सम्झाना गरिएको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले कुष्ठरोगको उपचारका लागि जनशक्तिको अभाव रहेको बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बिहीबर नेप्से परिसूचक १२ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार छ सय ६१ दशमलव ६४ को विन्दुमा कायम भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सही रुपमा परिचालन हुने बजेट निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।