नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद थप गरिएको छ ।
गोरखापत्रको १२५ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा कोहलपुरमा विहिबार एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियोे ।
कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय कब्जा गरेपछि लगभग ७५ जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ ।
गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
चितवनको इच्छाकामना आधारभूत अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ । बिहीबार वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर र प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बिमा सेवाको शुभारम्भ गर्नुभएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताउनुभएको छ।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिवमा ज्ञानेन्द्र पुन नियुक्त हुनुभएको छ । प्रतिष्ठान सञ्चालक परिषदका सहअध्यक्ष एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा बिहीबार बसेको बैठकले गुल्मीको मालिका गाउँपालिका –१ का पुनलाई सो पदमा मनोनित गर्ने निर्णय गरेको हो ।
विद्यार्थीले अभावले तनहुँको व्यास नगरपालिकामा एक माध्यामिक विद्यालय बन्द भएको छ भने तीन विद्यालयको तह घटाइएको छ। चालु शैक्षिक सत्रमा बन्द तथा तह घटेका हुन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४, गोरखाको शहिदलखन गाउँपालिका–३, र चितवनको इच्छाकामना गाउँपालिका–५, को सङ्गम स्थलमा रहेको मर्स्याङ्दी र त्रिशुली नदीको दोभान ।
राष्ट्रपति रामचन्द्र पौडेलले लेखक विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उल्लेख गर्नुभएको छ। नेपाली लेखक सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आज राष्ट्रपति कार्यालयमा बधाई तथा शुभकामना दिँदै उहाँले भन्नुभयो, “लेखक स्वयंमा सत्ता हो, सङ्गठन, विचार र आफैँमा अभियान पनि हो।”
सप्तरीको विष्णुपुर गाउँपालिकामा बिहीवार आयोजित पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका पूर्व केन्द्रीय सदस्य विशेश्वर रजकसहित १ सय ५० बढी नेता कार्यकर्ता जनमत पार्टी प्रवेश गरेका छन् ।
गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो। सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेको छ।
गुल्मीको रेसुङ्गा नगरपालिका स्थापना भएको १२ औँ स्थापना दिवसका अवसरमा कृषकदेखि विद्यार्थीसम्मलाई सम्मान गरिएको छ। स्थापना दिवसमा भएको कार्यक्रमलाई लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले उद्घाटन गर्नुभयो।
बाल पोषणभत्ता बढाउन सरोकारवालाले माग गरेका छन्। अहिले दिइरहेको ५३२ रुपियाँ रकम बढाएर मासिक एक हजार रुपियाँ बनाउनुपर्ने सरोकारवालाको माग रहेको छ।