• २५ वैशाख २०८२, बिहिबार

लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भूमिका अविस्मरणीयः सभापति देउवा

blog

काठमाडौँ, वैशाख २५ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । बिहीवार काठमाडौँमा आयोजि श्रदाञ्जली सभामा बोल्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले काँग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा स्वर्गी डंगोलले निर्वाह गरेको नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको बताउनुभयो । सभापति देउवाले स्वर्गी नेता डंगोलको बारेमा पुस्तक प्रकाशन गरेर आउँदो पुस्तालाई समेत उहाँको योगदानबारे जानकारी दिनुपर्ने बताउनुभयो । 

पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गरेको श्रदाञ्जली सभामा सभापति देउवासँगै उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, नेता कृष्ण प्रसाद सिटौलालगायत उपस्थित हुनुहुन्थ्यो । नेता डंगोलको ७७ वर्षको उमेरमा गत वैशाख १३ गते निधन भएको थियो ।