• २६ वैशाख २०८२, शुक्रबार

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २६ गते । एनसेलले भैरहवामा बिहीबारदेखि ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी एटुजेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको जनाइएको छ । 

एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गर्नुभयो । सप इन सपबाट ग्राहकले एनसेलका सेवा सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरबाट जस्तै गरी लिन सक्ने कम्पनीले जनाएको छ । ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाइसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैँ अन रिन्युअल जस्ता प्याक, सेवा, सुविधा लिने, ई सिममा स्तरोन्नति गर्ने, इन्टरनेट सेटिङ मिलाउनेलगायतका विविध ग्राहक सेवा लिन सक्ने जनाइएको छ ।

आइतबारदेखि शुक्रबार हप्ताको छ दिन यस सप इन सपले ग्राहकलाई सेवा प्रदान गर्ने छ । एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टर पनि सञ्चालन गर्दै आएको छ ।