हुम्ला समाचारदाता
हुम्ला, वैशाख २६ गते । सााहित्यकार वसन्तश्री लिखित खण्डकाव्य ‘भोट’ प्रकाशित भएको छ । राजनीति सिद्धान्तभन्दा पनि भोट (मत) केन्द्रित भइरहेको कुरालाई खण्डकाव्य भोटमार्फत उजागर गरिएको छ । विशेष गरी दुर्गम क्षेत्रमा बढी भोटको राजनीति भइरहेको कुरालाई पुस्तकमा उल्लेख गरिएको छ । विचार र सिद्धान्तले खासै महìव नपाएको, भोटकेन्द्रित मानसिकता राजनीतिकर्मीमा देखिएको कुरा खण्डकाव्यले बताउँछ । खण्डकाव्यको सारमा विकासको नाममा भोटको राजनीति भइरहेको, एजेन्डाको राजनीति गर्नुपर्नेमा एजेन्टको राजनीति भएको, जहाँ पनि भोट निर्णायक हुने भएकाले सरकार र सदनलाई बढी यसको महत्व हुने पुस्तकमा बताउन खोजिएको छ ।
हिमाली बस्तीको भोट कुशल नेतृत्वको पर्खाइमा रहेको र तुलनात्मक रूपमा विकास व्यवस्थाभन्दा पनि अवस्थासँग जोडिएको कुरा दर्साउन खोजिएको छ । साथै राजनीतिमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरण हुनुपर्ने, समयको मागलाई बुझ्नुपर्ने, अग्रगामी सोच र व्यवहार हुनुपर्ने कुरा उल्लेख गरिएको छ । हिमाल, यार्सा, जुना र जैमल जस्ता पात्रले खण्डकाव्यलाई जीवन्त बनाई समाजको चित्र र चरित्र अनि परिस्थिति र मनस्थिति लेखकले पुस्तकमार्फत बताउन खोज्नुभएको छ ।