पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस सोमबार मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो ।
सवारीसाधन पुरानो भएर नचलाएको बर्सौं भयो ? वा लगत कट्टा गर्न बर्सौंको कर लाखौँ तिर्नुपर्ने भएकाले समस्यामा हुनुहुन्छ ? अब यस्ता समस्याको समाधान सहज भएको छ । सरकारले २० वर्ष पुराना वा सञ्चालनमा आउन नसक्ने सवारीसाधनको लगत कट्टा गर्न अन्तिम दुई वर्षको मात्रै कर बुझाए बाँकी छुट हुने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यले उक्त व्यवस्था गरेको हो ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म नै ‘प्लास्टिकरहित’ बनाउने घोषणा गरेको छ ।
मालिका गाउँपालिका–६, अर्जेका भेषबहादुर विकसहित उहाँका श्रीमती, बुहारी र दुई नातिनीको त्यो रातको निद्रा नै चिर निद्रा भयो । गत वर्ष असार १५ गते राति निदाएका उनीहरू कोही पनि ब्युँझिएनन् ।
जाजरकोटको बारेकोट गाउँपालिकामा सडकबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका –८ बन्डलाका अन्दाजी ३५ वर्षीय लालबहादुर सिंह रहेको प्रहरीले जनाएको छ । शनिबार कोलेनीबाट बुवाको घरदेखि आफ्नो घरतर्फ हिँडेका सिंह घर नपुगेपछि आफन्तहरूले खोजतलास गरेका थिए।
बाराको सदरमुकाम कलैयामा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका –१ बाल मन्दिर अगाडि बीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना १ क ८०५६ नम्बरको टिप्परले बाटो काट्दै गरेको बालिकालाई आइतबार साँझ ६ बजे ठक्कर दिएको हो ।
दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन शुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ कार्यान्वयन गर्दै मनसुनजन्य विपद्को पूर्वतयारीलाई चुस्त बनाउन देशभरका पालिकालाई परिपत्र गरेको छ ।
मध्यपुरथिमिमा जेसुम यात्रा लोकार्पण कार्यक्रममा प्रथम महिला राधिका शाक्यले आफूहरु देश छाडेर कहिल्य नभाग्ने बताउनुभयो । केही दिन अगाडि राजावादीहरुले हेलिकप्टरमा भाग्न तयारी रहनु भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उहाँले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने बताउनु भएको हो ।
काठमाडौँ, जेठ १८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नेपालका परिवर्तनकारी राजनीतिक दल र आमजनताको संयुक्त सङ्घर्षको प्रतिफल भएको बताउनुभएको छ । पार्टीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग ९वाइसिएल०को तेस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गणतन्त्र माओवादी पार्टीको मात्रै हो भनेर राजावादीले जनतामा भ्रम सिर्जना गर्न खोजिरहेको भन्दै यस्तो बताउनुभएको हो । “गणतन्त्र सबैको साझा उपलब्धि हो, यसको संस्थागत र वैचारिक रक्षा गर्न सक्ने नेतृत्व माओवादीसँग छ”, अध्यक्ष दाहालले भन्नुभयो, “राजावादीहरू माओवादीले मात्र गणतन्त्र ल्याएको हो, गणतन्त्र प्रचण्डको हो भनेर प्रचार गर्छन् । यो सुन्दा मिठो लाग्न सक्छ, तर उनीहरूको उद्देश्य गणतन्त्रवादी शक्तिलाई फुटाउन सकिन्छ कि भन्ने हो, यसको सशक्त प्रतिवाद गर्नुपर्छ ।”मुलुकलाई सङ्घीय लोकतान्तिक गणतन्त्रमा लैजान माओवादी जनयुद्धको महत्त्वपूर्ण भूमिका भए पनि तत्कालीन अवस्थामा नेपाली कांग्रेस, नेकपा ९एमाले० र जनताको सहयात्राले गणतन्त्र स्थापना भएको अध्यक्ष दाहालको भनाइ थियो । वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटाले मुलुकमा गणतन्त्र ल्याउन लडेका युवा यसको रक्षा गर्न पनि अग्रपङ्क्तिमा उभिने बताउनुभयो ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई दुई दशकदेखि परामर्श सेवा प्रदान गर्दै आएको कंगारु एजुकेसन फाउन्डेसनले आफ्नै भवनबाट सेवा दिन थालेको छ।
नेपालभरका सातवटा प्रदेशका बालबालिकाको प्रतिनिधित्व गर्दै २०८२ बाल अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षासम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।
डोल्पा, जेठ १८ गते । डोल्पाको ठूलीभेरी नगरपालिका ६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा बस्नका लागि बनाएको परम्परागत ढुङ्गेगोठ र त्रिपालका अस्थायी आवास । काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले घरमा ताला लगाएर एक महिनासम्मका लागि वृद्धवृद्वादेखि युवा,बालबालिका र पशुवस्तुसम्म लिएर रुप पाटन आउने गर्छन् । तस्बिरः रासस
नेकपा (एमाले) का सचिव, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले दलित आन्दोलन सही बाटोमा रहेको भन्दै संविधानले सुनिश्चित गरेको अधिकार लिन कसैको दया नचाहिने बताउनुभएको छ ।