जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
दाङको बङ्गलाचुली गाउँपालिका–७ जबरकोटमा चार वर्षअघि निर्माण भएको खानेपानी योजना विद्युत मिटर जडान ढिला हुँदा सञ्चालनमा आउन सकेको छैन ।
पशुपक्षीलाई कष्ट नदिईकन, पशुको माछा मासुलगायत भोजन नखाइ पनि जीवन जिउन सकिन्छ भन्नेबारे अभियन्ताहरूले जोड दिएका छन् ।
शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ।
पूर्वी सुर्खेतको गुर्भाकोटमा रहेको मालारानी गुफा हेर्ने पर्यटकको भिड बढ्दै गएको छ ।
मधेशमा हलगोरु पालेर खेती लगाउने प्रचलन हराउँदै गएको छ ।
कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बिमा कार्यक्रम अन्तर्गत सल्यानको शारदा नगरपालिकामा नगरवासीको आवासीय घरहरूको निःशुल्क बिमा गरिनेभएको छ ।
दाङ जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ ।
दार्चुलाको जिल्ला सदरमुकाम खलङ्गामा सङ्घीय सरकारको लगानीमा कभर्ड हल निर्माणको काम सुरु भएको छ ।
युक्रेनको सिमानामा रहेका दुई अलग रूसी क्षेत्रमा रातभरि पुलहरू भत्किँदा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले आइतबार बताएका छन् । रेल अधिकारीहरूले कम्तीमा एउटा घटनालाई ‘अवैध हस्तक्षेप’ को आरोप लगाएका छन् ।
हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ । वासिङ्टनका मुख्य वार्ताकारले जवाफलाई तुरुन्तै ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै आलोचना गरेका छन् ।
बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले आइतबारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका छन् ।
सरकारले दिंदैआएको उखुको अनुदानलाई आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा नपरेको भन्दै सम्बोधन गर्न उखु कृषकहरूले माग गरेका छन् ।
यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन ।