विपतले विनाश गर्छ भने विनाशले सङ्कट ल्याउँछ ।
युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना युक्रेनी सैनिकको मृत्यु भएको र अरू धेरै घाइते भएको युक्रेनी अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । यो युक्रेनले आफ्ना सैन्य क्षतिबारे दुर्लभ रूपमा सार्वजनिक गरेको स्वीकारोक्ति हो ।
इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए)पछिल्लो प्रतिवेदनलाई ‘राजनीतिक उद्देश्यले प्रेरित’ र ‘सन्तुलनविहीन’ भएको भन्दै कडा आलोचना गरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती–१६ चालिस किलोमामा मोटससाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
नेपालमा कृषि अनुसन्धानको औपचारिक सुरुवात सन् १९८५ मा कृषि मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्रको स्थापनामार्फत सुरु भएको हो । कृषि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्रले परम्परागत रूपमा प्रवाह गर्दै
पाल्पाको रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा यार्सागुम्बाजस्तो देखिने जडीबुटी फेला परेको छ । स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएको बताएका छन् ।
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । शुक्रबार नेपाल भित्रिएको मनसुनी वायुको प्रभाव अहिले कोशी प्रदेशका अधिकांश भू–भागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीका तीन गाउँ जाङ, हल्जी र तिलमामा पुग्ने पाहुनाले परम्परागत पोसाक लगाउनैपर्ने बाध्यता रहेको छ ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अहिले मुलुकमा सञ्चालनमा रहेका चार वटा निर्जीवन बिमा कम्पनीको जारी बिमालेख र बिमा शुल्क सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा झन्डै तीन गुणाले बढेको छ
किसानले समयमा मल र बिउ नपाउँदा र उत्पादन भएको कृषि उपजको मूल्यसमेत गिरावट भएपछि आन्दोलन सुरु गरेका छन् । झापाको गौरादहका किसान हलोजुवा, कुटोकोदालो र आफ्ना उपज सडकमा तेस्र्याएर आन्दोलनमा उत्रेका हुन् ।
सरकारले कृषि तथा पशु बिमाको प्रिमियम अनुदानबापत डेढ अर्ब रुपियाँ वितरण गरेको छ ।
७७ वर्षीय बालकृष्ण अर्याललाई सबैले गाउँभरका हेडसर भनेर चिन्छन् । बडीगाड गाउँपालिका–५, ग्वालीचौरको भानु माविमा ३३ वर्ष प्रधानाध्यापक भएर काम गरेकाले उहाँको यो पहिचान बनेको हो ।
उच्च पहाडी र हिमाली हावापानीमा फल्ने स्याउको तराईमा नै व्यावसायिक खेती गरेर गोकर्ण ओलीले मनग्गे आम्दानी लिन थाल्नुभएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ का ओलीले व्यावसायिक स्याउ खेती गरेर आम्दानी गर्न थाल्नुभएको हो ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६३ पैसा र बिक्रीदर १३७ रुपियाँ २३ पैसा कायम भएको छ ।