गोरखा सदरमुकामदेखि आरुघाट जोड्ने सडक पूर्णरूपमा बन्द भएको छ । गोरखा नगरपालिका–८ स्थित ढुङ्गागाढेमा आइतबार आएको भिषण वर्षाले पुरै सडक भासिदा सडक पूर्ण रुपमा बन्द भएको हो ।
गृह मन्त्री रमेश लेखकसहित यातायात व्यवसायीबिच सोमबार बिहानदेखि भएको छलफल सम्पन्न भएको छ ।
नेपाल प्रहरीले सोमबार यात्रुको सहजीकरणका लागि दुई वटा बस सञ्चालनमा ल्याएको छ । यातायात व्यवसायीको आन्दोलनले आज सार्वजनिक यातायात सेवा बन्द गरेपछि नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको हो ।
कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।
नेपाल प्रहरीले राइड सेयरिङ सेवामार्फत बढी भाडा नलिन चेतावनी दिएको छ । सोमबार सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी बढी भाडा लिनएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउन चेतावनी दिएको हो ।
जिल्लामै पहिलो पटक धार्मिक पर्यटन प्रवर्धनको उद्देश्यले स्थापना गर्न लागिएको भण्डारा सेवा केन्द्र निर्माणमा ढिलाई भएको छ । भौतिक संरचना निर्माण कार्य छ महिनामै सम्पन्न गरी सेवा प्रदान गर्ने लक्ष्य लिएको भए पनि आर्थिक अभावले काम अलपत्र परेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली–२ दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका खोपहरु पाएको प्रमाणीकरण भएपछि सल्यानको बागचौर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
रूसको ब्रायन्स्क ओब्लास्टमा भएको पुल विस्फोटमा तीन सय ८८ जना सवार यात्रुवाहक रेल पटरीबाट खस्दा सात जनाको मृत्यु भएको ब्रायन्स्कका गभर्नर अलेक्ज्याण्डर बोगोमाजले बताउनुभएको छ ।
आइतबार राति आएको हावाहुरीका कारण मोरङको लेटाङ र उर्लाबारी क्षेत्रको जनजीवन प्रभावित भएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीकाअनुसार कानेपोखरी–लेटाङ सडकमा हावाहुरीले लडेका रुख सवडिभिजन वन कार्यालय लेटाङका प्राविधिक कर्मचारी र प्रहरीको सहयोगमा हटाइएको छ ।
मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरुआत गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) द्वारा संयुक्त रुपमा यहाँका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरु गरेका हुन् ।
यात्रुसँग बढी भाडा लिने राइडरहरुलाई कास्की प्रहरीले कारवाही गरेको छ । एपमा देखिएभन्दा बढी भाडा असुल्ने आठ वटा दुई पाङ्ग्रे सवारीका राइडरलाई कारवाही गरिएको हो ।
दाङमा सवारीसाधनको ठक्करबाट जङ्गली जनावर हुँडारको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा दुर्लभ वन्यजन्तु भाले हुँडारको नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट मृत्यु भएको हो ।
कलामा मूर्त र अमूर्त स्वरूप रहने गर्छ । सदृश्य वा जे देखिन्छ त्यस्तै बनाउनु शिल्पगत क्षमता हो भने देखिएका, भोगिएका कुरालाई कलाकारले मनको अन्तस्करणबाट देखाउँछ भने सो कला सदृश्य हुन सक्छ । तथापि सो कलामा भावको पनि सञ्चार भएको हुन्छ र कलाले संवेगलाई स्थापित गराउँछ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल र मौरिस हर्जोग पदमार्गको प्रवर्धनका लागि पदयात्रा गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा स्वदेशी तथा विदेशी पाहुनाहरु सहितको टोली पदयात्रामा निस्केको हो ।