नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले सङ्गठन चलाउन ‘थैली अभियान’ सुरु गरेको छ ।
अछाममा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् ।
नयाँदिल्ली, जेठ १९ गते । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ ।मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोका कारण भारतको उत्तरपूर्वी राज्यमा पछिल्लो एक सातामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा आइतबार साँझ गएको पहिरोमा परी सैनिकको मृत्यु भएको हो ।सेनाले एक विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण आएको ठुलो पहिरो आइतबार साँझपख सेनाको क्याम्पमा खसेको जनाएको छ । सेनाले सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गरेको छ जसमा एक भवन अर्ध–जलमग्न भएको देखिन्छ । भारतमा मनसुनको मौसममा आकस्मिक बाढी आउनु सामान्य हो । यो सामान्यतया जुनमा सुरु हुन्छ र सेप्टेम्बरको अन्त्यसम्ममा कम हुन्छ । दक्षिण एसियामा गर्मी बढ्दै गएको छ र हालैका वर्षहरूमा मौसमी अवस्थामा परिवर्तन आएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–२ खोरीयाको मह भिरमा, मह सिकार गर्दै मह सिकारी । म्याग्दीमा यसपाली भिरमह उत्पादन घटेको मह सिकारी बताउँछन् ।
अमेरिकी डलर सट्टा गर्ने भन्दै डलर देखाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे नपा ३ घर भएका तारा बहादुर तामाङलाई भक्तपुर चाँगुनारायण नपा ३ दुवाकोटबाट पक्राउ गरेको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि हालै नियुक्त भएका पाँच मुलुकका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
काठमाडौँ, जेठ १९ गते । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स [नाट्टा]ले सार्वजनिक सवारी साधन बन्दले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको जनाएको छ ।नाट्टाका महासचिव युविका भण्डारीले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हडताल र यातायात सेवा अवरुद्ध भएकामा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले बन्दका कारण समग्र यात्रुमा मात्र नभई नेपालको पर्यटन क्षेत्रमा प्रतिकुल प्रभाव पारेको बताउनुभयो । “नेपालको पर्यटकीय राजधानी पोखरालगायत अन्य केही स्थानमा हालै पर्यटकीय सवारीसाधन सञ्चालनमा देखिएको अवरोध चिन्ताको विषय हो, पर्यटकीय सवारी साधनलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्नु समग्र पर्यटन व्यवसायप्रति पूर्ण नकारात्मक प्रभाव पर्ने कार्य हो,” नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।नाट्टाले यस्ता घटनाले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई मात्र नभई, आन्तरिक पर्यटकलाई समेत गन्तव्यमा पुग्न असहज बनाइएको तथा पर्यटक तथा यात्रुमा भय, असुरक्षा र निराशाको भावना उत्पन्न गराइरहेको जनाएको छ ।“यस्ता कार्यले नेपालप्रति अन्तर्राष्ट्रिय पर्यटन बजारमा गलत सन्देश प्रवाह गरिरहेको र यसले पर्यटन प्रवर्धनमा दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको छ, पर्यटन नै नेपालको समृद्धिको मेरुदण्ड हो भन्ने यथार्थलाई मनन गरी यसको संवर्धन गर्ने सबै सरोकारवाला निकायको साझा दायित्व रहन्छ,” महासचिव भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।यस्तै, आजै टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले समेत एक विज्ञप्ति जारी गरी पर्यटनका साधनमा भएको अवरोधप्रति आपत्ति जनाएको छ । टिवानका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय सवारी साधनको सञ्चालनलाई स्वतन्त्र र सुरक्षित रूपमा सञ्चालन गर्न सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।अध्यक्ष न्यौपानेले यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रलाई नै गम्भीर असर पर्ने भएकाले निर्बाध रूपमा सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जातीय विविधता नै नेपालीको पहिचान भएकाले यसलाई राष्ट्रिय एकताका लागि उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।
मलेसिया भ्रमणमा रहनुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबिच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर बारे छलफल भएको छ।
संसदमा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ ।
फेवातालकै कारण नाम, शान र चर्चा पाएको लेक साइडमा तालको मापदण्डबारे बारम्बार विवाद भइरहन्छ । मानवीय र प्राकृतिक दुवै थरी अतिक्रमणको चपेटामा परेको फेवाको मापदण्ड कायम गर्न अहिले ताल किनारको उच्च विन्दुमा पोल गाडिँदै छ ।
सुदूरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजा फर्काउने दिवा सपना नदेख्न चुनौती दिनुभएको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाले गोरखा सदरमुकाममा आयोजना गरेको वडा स्तरीय पार्टी निर्माण अभियानलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
झापाका कृषकले सरकारले निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य पाएका छैनन् ।
गत जेठ १ गते राति पहिरो गएपछि औषधी र खोप अभाव भएको नाम्खा गाउँपालिका–६ हिमालपारि लिमीको तील गाउँमा औषधी र खोपको जोहो गरिएको छ ।