बालगोपाल साहुखल र चेतन घिमिरे नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको छ ।
कञ्चनपुरमा यस वर्ष पनि धान खरिद सुरु गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले आइतबारदेखि धान खरिद सुरु गरिएको जनाएको हो ।
सुनसरीको राजावासस्थित बानडाँडामा रहेको वरपीपलको छहारीमा बालबालिकादेखि वृद्धसम्मको जम्घट हुने स्थल बन्दैआएको छ ।
उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी नोमेम्बर कात्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा सहमति नजुटेपछि आजको बैठक स्थगित गरिएको छ।
गत असोज १८ गतेको बाढी पहिरोबाट भएको विपद्पछि इलाममा पुनर्निर्माण र पुनःस्थापनाका लागि कुनै काम सुुरु हुन नसकेको भन्दै नेकपा (एमाले) इलामले सरकारको ध्यानाकर्षण गराएको छ ।
यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पुर्याएको छ । जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति पुग्दा करिब रु दुई अर्ब बराबरको नोक्सान भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सप्तरीमा प्रेम र अपराधको एउटा अनौठो संयोग चर्चामा छ। त्यो चर्चाको केन्द्रबिन्दुमा छन् महादेवा गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय शत्रुघन मुखिया।
काठमाडौंमा जेन्जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
यहाँको व्यास नगरपालिका १४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
अदुवाले बजार भाउ नपाउँदा दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान निराश बनेका छन् ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिँदा पाँच दिनदेखि अस्तव्यस्त बनेको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्या अन्ततः समाधान भएको छ।
मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।
प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।