अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२–८३ सुरु भएयता हालसम्म छ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीबाट ४९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलले एकताको सहमति गरेका छन् ।
सर्वोच्च अदालतले अन्तरिम सरकारले राजदूतहरू फिर्ता बोलाउन गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज राजदूत फिर्ता बोलाउनेसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
मिक्चल दासको एक मात्र निर्णायक गोलको मद्दतमा पथरी–११ फुटबल क्लब डिपेन्डिङ च्याम्पियन व्रिगेड ब्वाइज क्लब ललितपुरलाई हराउँदै पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मित सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
धनकुटा नगरपालिकाले नगर क्षेत्रमा दुई दिन स्थानीय विदा दिएको छ । नगर पालिकाभित्र मात्रै बसोबास रहेको आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेटको अवसरमा नगरपालिको दुई दिनको स्थानीय बिदा दिएको हो ।
प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद गर्न तथा सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयले आसन्न फागुन २१ गतेको लागि निर्वाचनको तयारी थालेको छ । पहिलो चरणमा कार्यालयले जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग छलफल थालेको हो ।
बाजुरा जिल्लामा रगतको लगातार अभावका कारण गर्भवती महिला, दुर्घटनाका घाइते र आकस्मिक बिरामीहरू मर्कामा परेका छन् ।
झापाको गौरादह नगरपालिका –५ स्कूलचौन बजारबाट प्रहरीले शनिवार राति तास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।
झापाको शिवसताक्षी –१० माइधारका ३३ बर्षिय सरोज शर्माको आफ्नै छिमेकीहरु मिलेर अपहरणपछि हत्या गरेको रहस्य खुलेको छ ।